Thursday, July 23, 2009

हाइकु

संबिधानसभा
डेट स्क्वर औषधीको
फेरी म्याद थपियो
हानी कारक औषधी
जनतालाई रोपियो।
जनताको नासो आज
जनतालाई भारी भयो
रङ्गी चङ्गी फुलबारी
सिस्नोको घारी भयो।
कन्यादान
सात फेरा लाए पछी
उड्छ सबको हासो
खुकुलो पार्न खोज्दा
कसिन्छ झन पासो
ससुराले दिएको यो
ज्वोई साहबको नासो
बजार भाउ
धर्नी खाए बाउले
हामीलाई खायो पाउले
फेसन र जमाना
बाले लाउने हाफ्पेन्ट
आमाले लाउन थाले
पहिले भगाउथे केटाले
अब केटीले भगाउन थाले

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers