Friday, February 10, 2012

सरकारी घोडा

राजा चढे पनि
राणा चढे पनि
नेता चढे पनि
सधैं
उस्तै गती
उही  चाल
उस्तै मती
उही ताल
सरकारी घोडा ।

कहिले
मेची काली पुगेको छ
कहिले
गाउ गाउ कुदेको छ
जनताको खाँदै धान
जनतालाई देखाउदै शान
हिनहिनाइ रहेकोछ छ
सरकारी घोडा ।

जती रूप फेरे पनि
जती नाम फेरे पनि
खान्छ यो जनताको नुन
मान्छ   मालिकको गुण
जनताको लागि
छ यो सधैं टेडा
क्या बिचित्रको
सरकारी घोडा ।

जनताको पसिना
जनताकै घास
देखाउछ सधैं
जनतालाई आश
जनतालाई ठगी
मालिकलाई खास
जनतालाई यो
 ठान्दछ भेडा
वा ! सरकारी घोडा ।

कहिले वारी
कहिले पारी
केही पाईन्छ कि भनी
कुदाउछ गोडा
कहिले बन्छ यो
राजतन्त्रे घोडा
कहिले भन्छ यो
प्रजातन्त्रे घोडा
तर जहिले पनि
 ठगतन्त्रे घोडा ।

 कहिले बन्ने यो
लोकतन्त्रे घोडा
कहिले बन्ने यो
जनताको घोडा
तर अझै जनतालाई
रणभुल्ल पार्दैछ
सरकारी घोडा ।
· · · Share · Delete

    • Ramesh Kandel आजका नेताहरु बिरुद्द ब्यङ्गात्मक तिर, सोझै गएर तिनिहरुको मुटु छेडोस। मन पर्‍यो।
      Thursday at 05:46 · · 1
    • Jeeten Khadka घोडालाई गतिलो चाबुक , अब त दुख्नु पर्ने |
      Thursday at 09:52 · · 1
    • Aakanksha Sharma ठगतन्त्रे घोडा....मन पर्‍यो।
      Thursday at 11:27 · · 1
    • Bhakti Prasad Paudyal बोतल फेरिएर के भो , रक्सी उही छ !
      चोटिलो व्यङ्ग्य छ ।
      Thursday at 11:42 · · 1
    • Bhakti Prasad Paudyal जितेनजी ! यो चाबुक घोडालाई हो कि घोडचढीलाई , मलाई त चाबुक नै मन पर्यो ।
      Thursday at 11:45 · · 1
    • Jeevit Khadka Arkaa...teer - ghodaa ko ! Ajhai haannus ....nisaanaa laageko chh !
      Thursday at 13:13 · · 1
    • Bimal Giri Samasamayik abasthalaai chitran gariyeko kabita ramrochha.
      Thursday at 14:42 · · 1
    • Indra Narayan Chongbang प्रेम गुरु अति सानदार कविता ..नेपाली राजनीति नेपाली सासन व्यवस्था र इतिहास बढो दुख लाग्दो छ .. व्यवस्था जुन भए पनि मान्छेको प्रवृति प्रकृति र चिन्तन परिबर्तन नभई केहि नहुदो रहेछ .. बास्तबमा जुन घोडा आए पनि दाना पानी गरिब नेपाली कै थाप्ला माथि ..चितिलो व्यंग्य ... सेवारो
      Thursday at 15:19 · · 1
    • Uday Sharma Very timely and well expressed poem...Do write more!
      Thursday at 15:30 · · 1
    • J.r. Joshi ‎=== यो मुस्न्तांग म्याक्से घोडा ===
      जनताको पसिना चुसी, जनताकै घासमा
      झुन्ड्याई राछ जनता लाई, संबिधानको आसमा
      जनतालाई ठगी हिडदै, 'प्रभु' को मिच्छ गोडा
      जनतालाई भेडा ठान्छ, यो मुस्न्तांग म्याक्से घोडा !
      Thursday at 17:57 · · 1
    • Lila Rijal सर अब यि घोडाहरुलाई दाना पानी नदीइ,,,... छाडा हुन नदिने उपाय खोज्नु पर्छ ========क्यi चोटिलो बङ्य
      Thursday at 18:19 · · 1
    • Binita Kafle Adhikari nice creation sir.................
      Thursday at 20:28 · · 1
    • Laxman Gamnage dherai ramro kabita.
      11 hours ago · · 1
    • Bimal Gautam oli sir tapain ko ghoda mero gam tira nalyam hai pahilekai ghoda le aachi nikali sake
      11 hours ago · · 1

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers