Tuesday, June 15, 2010

आफ्नै घरको साथ राम्रो।

न जाउ है
होटेल रेस्टुरा र भट्टी
रोज्दै खाना
भोक भाग्ला
त्यो भन्दा त
आफ्नै घरको हात मिठो।
न धाउ है
क्याबिन मसाजकी पट्ठी
खोज्दै बहाना
रोग लाग्ला
त्यो भन्दा त
आफ्नै घरको साथ राम्रो।
न गाउ है
डिस्को दोहरिमा लट्ठी
बेच्दै गहना
शोख जाग्ला
त्यो भन्दा त
आफ्नै घरको बात मिठो।
न खाउ है
जाँड रक्सी र हड्डी
डुबाउदै लहना
शोक लाग्ला
त्यो भन्दा त
आफ्नै घरको दाल भात मिठो।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive