Monday, July 25, 2011

धुवा

उही धुवा
उस्तै धुवा
नाकै टट्टाउने धुवा
कानै रट्टाउने धुवा
न यस्को कतै निकास छ
न यस्को कुनै बिकास छ

घुम्दै फिर्दै
घर घरमा छिर्दै
आँखाहरु पिर्दै
बाहिर पानी छ्यापे पनि
भित्र आगो दन्काउदै
बाहिर शान्ती जपे पनि
भित्र बोको मन्साउदै
आउँदा आउँदै बाटोमा  
धुवाले शान्ती तुहिन सक्छ
फुल्न लागेको खुशी पनि
धुवाले नै कुहिन सक्छ
गाई भैंसी के कुरा
धुवाले छोपेको बेला
यहाँ गोरु पनि दुहिन सक्छ  

आफ्नै घर आगो लगाएर
छेमिकिलाई तताउने
बिदेशिलाई बोलाएर
आफ्नै छोराछोरिलाई दबाउने
भुमरी  खेल्ने धुवाको  के भर ।

जता हावा
उतै बतासइने
कहिले पातालिने
कहिले आकासिने
श्वासलिदा निसासिने
उही छन्द
उही गन्द
बहिर हेर्दा सेफद
भित्र राको दन्काएको
बाहिर हेर्दा सफा
भित्र माखो भन्काएको
उही टोली
उही बोली  
बोल्दै धुवा
लेख्दै गरेको संबिधान
फेरी पनि तुहाउन सक्छ
धारा उपधाराहरुलाई
ढलमलमा चुहाउनसक्छ

उही धुवा
उस्तै धुवा
उही छन्द
उही गन्द
उही टोली
उही बोली
जता हावा
उतै बतासइने
श्वासलिदा निसासिने
धुवामा बिष हुनसक्छ
धुवामा रिस हुनसक्छ
भुमरी खेल्ने धुवाको विश्वाश।  

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive