Monday, August 22, 2011

मन र मनभित्र

मलाई
पर्दा जस्तै
च्यातेर हेर्यो भने
ममा  पनि
अलिकती लोभ
अलिकती छोभ भेटिन सक्छ
मलाई
खोलेर हेर्यो भने
ममा
अलीकती आक्रोस
धेरै जसो रोस  देखिन सक्छ
त्यसैले
लोभ  र  लालच
मोह  र  आक्रोसले
बनेको म ।

मलाई
उघारेर हेर्यो भने
म भित्र
अलिकती दया
अलिकती माया भेटिन सक्छ
अलिकती लचकता
धेरै अहमता भेटिनसक्छ
 मलाई कपडा जस्तै
उधारेर हेर्यो भने
म भित्र
अलिकती इर्श्या
अलिकती तिर्खा  पाइनसक्छ
त्यसैले
अहम र लचकताको
इर्श्या र तिर्खाको
समिश्रण म ।

मलाई बक्सा जस्तै
खोलेर हेर्यो भने
एक एक पार्ट पुर्जा जाच्यो भने
ममा
अलिकती बिबेक
अलिकती मुर्खता देखिन सक्छ
मलाई
अझ  नियालेर हेर्यो भने
ममा पनि
अलिकती छल
अलिकती कपट पाइन सक्छ
त्यसैले
बिबेक र मुर्खता
छल र कपटको
सङ्गम म
इन्द्रेनी जस्तो
बहुरङ्ग म ।।
· · Share · Delete


    • Rudra Adhikari so nice prem jee.
      Thursday at 12:27 · · 1 personLoading...

    • Aakanksha Sharma बिबेक र मुर्खता
      छल र कपटको
      सङ्गम म
      इन्द्रेनी जस्तो
      बहुरङ्ग म ।।
      म लाई म को बयान मन पर्‍यो,जय होस् कवीको..!

      Thursday at 12:58 · · 1 personLoading...

    • Prem Oli Thank you RA abd AS ji lai hai for comments
      Thursday at 13:02 ·

    • Dhruba K Sapkota
      Very much REALISTIC -

      अलिकती बिबेक
      अलिकती मुर्खता देखिन सक्छ
      मलाई
      ... अझ नियालेर हेर्यो भने
      ममा पनि
      अलिकती छल
      अलिकती कपट पाइन सक्छ
      त्यसैले
      बिबेक र मुर्खता
      छल र कपटको
      सङ्गम म
      See more

      Thursday at 13:44 · · 1 personLoading...

    • Bhakti Prasad Paudyal मानवीय विशेषताको पुञ्ज मान्छे आखिर मान्छे जस्तै छ । शैली आकर्षक छ ।
      Thursday at 14:00 · · 1 personLoading...

    • Aakash Gaihre गजवको विशेषता बोकेको "म " आँफैमा एक महाकाव्य |
      Thursday at 14:12 · · 1 personLoading...

    • संगीता जमरकट्टेल राम्रो नाइस .............बिबेक ,मुरखता , छलकपट कों सगंम दर्सन नमस्ते
      Thursday at 14:44 · · 2 peopleLoading...

    • Sama Raut m ko bkhan gari saknu chh r ? m aafai ma sarb gun sampanna .
      Yesterday at 06:07 · · 1 personLoading...

    • Naresh Bhandari Manchi ko man ko chirafar...!! ramro lago Prem je.
      Yesterday at 07:40 · · 1 personLoading...

    • Tila Rai ati sundar lekh..thak u so much sir
      Yesterday at 10:46 · · 1 personLoading...

    • तपाईले भन्या 'म' र मैले
      सोच्या 'म' उस्तै रहेछ ।
      उस्को लागी 'म' वा
      त्यस्को लागि 'म' जस्तै रहेछ
      यौटा 'म' पनि कस्तो है'
      संसारका सबैको प्रतिनिधित्व गर्दो रहेछ ॥

      13 ho

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers