Tuesday, March 20, 2012

गीत

यो मनमा हुरी ल्यायौ  तिमीले
यो मनमा छुरी चलायौ तिमीले ।

निद्रा छैन भोक छैन सारा रात जाग्छ
तिमी बिना नखाइ पनि मात लाग्छ
यो मनमा भुमरी ल्यायौ  तिमीले
यो मनमा कटारी चलायौ तिमीले ।

तिम्रिलाई नै सोच्दा हरपल आँत थाक्छ
तिमी बिना अधुरो अरुको साथ लाग्छ
यो मनमा आधिबेरी ल्यायौ  तिमीले
यो मनमा छुरी चलायौ तिमीले ।


साँचो  बोलेको छु, झुठो भए बात लाग्छ
पवित्र यो मेरो माया ठुक्राए घात लाग्छ
यो मनमा हुरी ल्यायौ  तिमीले
यो मनमा छुरी चलायौ तिमीले ।

चुराको यो छमछम खाली खाली हात लाग्छ
तिम्रै यादले हरपल बिना निद्रा रात भाग्छ
यो मनमा हुरी ल्यायौ  तिमीले
यो मनमा छुरी चलायौ तिमीले ।
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers