Saturday, July 10, 2010

मान्छे र रक्सी

रक्सी र मान्छेको नाता
मान्छे र रक्सिको गाथा
एउटा लामो कथा छ
कहिले देखी, अथाहा छ
हेर्दा छेमेकी राष्ट्र जस्ता मित्र
तर छ शित युद्द भित्र भित्र
मान्छे सके रक्सी खान्छ
रक्सी सके मान्छे खान्छ
मान्छेले कती रक्सी खायो
रक्सिले कती मान्छे खायो
न कसैले भन्छ
न कसैले गन्छ
हो कसैले यसलाई
घृणाले छ्या भन्छ
तर यही रक्सी सँगै
ठुला योजना
ठुला सेमिनार
हुनै नसक्ने काम बन्छ,
कोही यसलाई पिउदा
आफुलाई बहादुर ठान्छ
तर के थाहा उस्लाई
रक्सीले कसरी उस्को
तन,मन ,धन
कुटु कुटु खान्छ
घरबार र घरबारी
सिटु सुटु लान्छ
एउटा खाएर बिग्रने
अर्को खाएर बन्छ
यसमा मान्छे
मान्छेलाई हराएर दङ्गछ,
मान्छेबाट मान्छे हराइदा
रक्सी झन रम छ
आदिम काल देखी
मान्छे र रक्सीको बिच
गजबको सितकलिन जङ्ग छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive