Saturday, August 14, 2010

यसो गरे कसो होला

पुल बनाउनेले पुलै खाने। कार्यक्रम लागि भनेर बनाउन दिएको तुलै खाने,तराइमा बाट्न दिएको झुलै खाने यो देशमा,देश बनाउन दिदा देशको हबिगती यो बन्नु पनि अब आश्चर्य मान्ने अवस्था रहेन।अघी पछी यि नेताहरु जे जती जहाँ झगडा गरे पनि खाने बिशेषता गजबकै छ। आपस जती फुटे पनि,बिरोधमा जती उठे पनि ,खाने भने पछी जुन अवस्था मुख मात्र जुगा पनि जुटाउछन। खान नपाए पछी फुट्नेको के कुरा ,आफ्नै कार्यकर्ता देखी नेतासम्मलाई कुटन पछी नपर्ने नेताहरु, खाने कुरामा कै गरे पनि छुट्दैनन।यो खाने लत कसरी सिके। जती खाए पनि नघाउने खत कसरी बस्यो?झन रमाइलो कुरो चियाको चुस्की देखी बिदेशी व्हुस्कीसम्म,कोदाको तुम्दा देखी कान्छीको चुम्बासम्म खान भ्याउने नेतालाई देशको संबिधान बनाउन पनि यही खाने कुराले नै बाधा अड्चन पुराएको हो जस्तो देखिन्छ।यो संबिधान बनाउदा सुको खान नपाईने भएकाले पनि हुन सक्छ,यसबाट नेताहरुको मन भट्किएको।साँढेको झर्छ भने हुट्टीट्याउले झै आकाश आटने र गर्न नसके पनि सधैं ढाट्ने।आफुले पाए क्वाप्प खाने,नपाउदा अरुलाई ल्वाप्पा खुवाउने कुरा प्रधान मन्त्रीको चुनावमा हयाट्रिक गरी देशको गरिमा बढाउनुहुने नेताहरुको कम प्रसम्सनीय छैन।अब सम्बिधानको एउटा धारा बनाए बापत प्रत्येक सभासदलाई एक लाख दाम, एउटा खसी र एक बोतल रम दिने भने पछी सबैको मुख जुट्थ्यो।पानीको धारा जस्तै संबिधान धाराको मुल फुट्थ्यो। ।राता रात संबिधान बन्न के बेर। यसो गरे कसो होला। जय काउकुती।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive