Thursday, July 7, 2011

कसरी नाम आयो ।

मेरै पालामा
कसैले नसकेको
कसैले नआटेको
एउटा  काम आयो
अफु त आटिलो मान्छे
आटेर काम गरियो
एन कानुन पनि
काटेर काम गरियो
काम गरेपछी
झोला जत्रो खाम आयो
अफु त भ्रष्टाचार बोरोधी मान्छे
घुस ल्याएको हो ?
 झापारी बेस्कन बनाइदे
उनिहरु पनि के कम
लगेर त्यो झोला
श्रीमतिलाई थमाइदे
साझ बुढिले हौसिदै भनी
कहिलै नदेखेको दाम आयो
अफु त पवित्र मान्छे
तर फेरी  भ्रष्टाचारमा
खै कसरी नाम आयो ।

पछी पनि
काम गरे पछी
खाम ल्याउनेलाई
दाम ल्याउनेलाई
कतिलाई झपारे
कतिलाई हकारे
त के गर्ने ?
कसैले
श्रीमतिलाई थमाइदे
कसैसङ्ग
छोराछोरिले समाइदे
अफु त
उनिहरुको खुशीमा रमाइदे
आश्चर्यको कुरो
एक दिन बयानको खाम आयो
अफु त निर्दोस मान्छे
तर फेरी
कसरी भ्रश्टाचारमा नाम आयो।

कङ्गालपती पार्टिलाई
करोडपती  बनाइदे
आफ्ना कार्यकर्तालाई
जो छन हर्ताकर्तालाई
सरकारीकोष थमाइदे
 देश बिदेश घुमाइदे
भ्रष्टाचार भन्ने त
न पार्टिको निती हो
न आफ्नो रिती हो
काम भए पछी
भोग लागेको बेला
पाचतारे होटेलमा
 राम्रो रिसोर्टमा
व्हिस्की र मासु जमाउदा
लाग्यो अब साम आयो
तर खाँदै  नखाइ
फेरी कसरी
भ्रष्टाचारमा नाम आयो।



comments

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive