कलम जीबी बनी
काठमा कलम चलाऊन
कान्तिपुरि आइयो
सानो सस्तो बास खोज्न
घरै पिछे धाइयो
घरै घरको शहरमा
कती धेरै मान्छे !
सुन झै खोज्दा पनि
जाबो कोठै नपाउने
पाइ हाल्यो भने पनि
कतै घामै नआउने
कतै पानी नआउने
आइहाल्यो भने पनि
जल होइन
फलै आउने
ढलै आउने
कस्तो पानी खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
अझ रमाइलो कुरो
कोठा खोज्दा
कतै श्रीमती चाहिने
कतै बिहे नगरेको भए पाइने
आफु त बिहे गरेको
श्रीमती पनि नलिएको परियो
सिदा मान्छे,सिधै कुरा गरियो
खानु ठक्कर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
एक त लोडशेडिङ
मध्य रातमा लेख्न बस्दा
"बत्ती निभाउ है!"
घरपट्टिको आदेस पाइयो
महङ्गिले ख्वात्तै खाएछ शहरलाई
बजार भाउ बुझेर
घरकै दाल भात सम्झी
खोले मोले खाइयो
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कतै जानलाई गाडी चढ्दा
कोही मुन्टेएका
कोही झुन्डेएका
कोही गुन्टेएका
गुन्द्रुक झै खादिएका
बस,टेम्पो पाइयो
यती धेरै गाडीघोडा
कती बिध्न मान्छे !
चडदा गाडीमा
खानु घचेट खाइयो
एउटा गजब कुरा
हजुरबा पनि
बिद्यार्थी छुट चहियो
अफुले त
पाउनु सास्ती पाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कमल चलाऊदै
कहिले टुडिखेल
कहिले धुलिखेल धाइयो
धुम्रपान निशेध लखिएको गाडीमा
धुलो धुवा क्या खाइयो
भोक लागेको झोकमा,
बाजेको पिन्ड जस्तो
मम दुई चार प्लेटै लाइयो ,
कतै केही पाईन्छ भनी
कहिले प्रतिष्ठान
कहिले प्राज्ञिकस्थान
सातौ फेरा लाइयो
न कतै छाइयो
न कतै कै पाइयो
नेपाली बोल्ने ठाम्रे पनि
बोल्न नसक्ने चाम्रे पनि
प्राज्ञिक भएको पो पाइयो!
अफुले त यहाँ
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।

काठमा कलम चलाऊन
कान्तिपुरि आइयो
सानो सस्तो बास खोज्न
घरै पिछे धाइयो
घरै घरको शहरमा
कती धेरै मान्छे !
सुन झै खोज्दा पनि
जाबो कोठै नपाउने
पाइ हाल्यो भने पनि
कतै घामै नआउने
कतै पानी नआउने
आइहाल्यो भने पनि
जल होइन
फलै आउने
ढलै आउने
कस्तो पानी खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
अझ रमाइलो कुरो
कोठा खोज्दा
कतै श्रीमती चाहिने
कतै बिहे नगरेको भए पाइने
आफु त बिहे गरेको
श्रीमती पनि नलिएको परियो
सिदा मान्छे,सिधै कुरा गरियो
खानु ठक्कर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो ।
एक त लोडशेडिङ
मध्य रातमा लेख्न बस्दा
"बत्ती निभाउ है!"
घरपट्टिको आदेस पाइयो
महङ्गिले ख्वात्तै खाएछ शहरलाई
बजार भाउ बुझेर
घरकै दाल भात सम्झी
खोले मोले खाइयो
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कतै जानलाई गाडी चढ्दा
कोही मुन्टेएका
कोही झुन्डेएका
कोही गुन्टेएका
गुन्द्रुक झै खादिएका
बस,टेम्पो पाइयो
यती धेरै गाडीघोडा
कती बिध्न मान्छे !
चडदा गाडीमा
खानु घचेट खाइयो
एउटा गजब कुरा
हजुरबा पनि
बिद्यार्थी छुट चहियो
अफुले त
पाउनु सास्ती पाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।
कमल चलाऊदै
कहिले टुडिखेल
कहिले धुलिखेल धाइयो
धुम्रपान निशेध लखिएको गाडीमा
धुलो धुवा क्या खाइयो
भोक लागेको झोकमा,
बाजेको पिन्ड जस्तो
मम दुई चार प्लेटै लाइयो ,
कतै केही पाईन्छ भनी
कहिले प्रतिष्ठान
कहिले प्राज्ञिकस्थान
सातौ फेरा लाइयो
न कतै छाइयो
न कतै कै पाइयो
नेपाली बोल्ने ठाम्रे पनि
बोल्न नसक्ने चाम्रे पनि
प्राज्ञिक भएको पो पाइयो!
अफुले त यहाँ
खानु हन्डर खाइयो
धत्तेरिका गाँठे!
कस्तो शहराँ आइयो।

- Mabi Singh Bhanu bakta jayanti ko oopalkasya ma Bhanu Bhaktako "alakapuri kantipuri nagari" ra tapai ko byangya - gajjab ramailo bho !
- Prem Oli thank mabiji,shirisji,gauriji,us
haji and others friends for comments. - Tul Bahadur Gurung Wow, prem sir, sasaskta sabda harudwara yathartha kuraharu buniyeka yo article nikainai mitho lagyo, cheeeeerrss sir.
- Narayan Gaunle छोडिसकेको सहर हुनाले सम्झेरै मज्जा लिनुपर्यो, तैपनि 'फुलस्केल'मै आनन्द उठाउँदै छु ।
- Ck Chamling Rai Saharko asali rupako kairan tatha ethartha chitran desh , kal ,paristhiti anurup sakkal anusar nakkal thik chha bhani dastakhat nai garnu bhae jasto jiwanta lagyo oli jee kavita.shabda bunera bhane jasto butta bharna saknu yahaako bisheshta jagajaher chha,yo kavita pani tyas maddhya euta gatilo namuna ho.shabda bunna sakne kshamatako bejod shiplai mukta kanthale prasamsa gare.
- Bishnu Pulami ''साँचो बोल नराख पाप मनमा दया दुखीको गर
मान्न पर्ने मानिसलाई मानर सके मिल्ला सँधै आदर''
नमस्कार हुजर लाजवाफ ....सलाम सलाम सलाम .....NO COMMENT.... - Naresh Bhandari Ho lekhani haru lai nepal maa kasli po..hi gar6 ra..!? ..euta singo
yetharatha lai sunder sabda haru ko mala banaunu vako 6. sambandhit nekaye le sochnu pr6...!sarkar le nii bhasa ko lagi lagaani badaunu par6.....prem je malai hajur kaa rachana haru padni baani vaisako...12 July 2010 at 16:38 via Mobile · - Jagadish Thapaliya Dherai Ramro Chha Sir Lekhnus Nathakikana Dheraile Man Parai Sakeka Chhan Chini pani sakeka chhan yo Artist Lai thank you sir Yethartha Badi Kura Lai Byangye Bata Prastut Gari Dinu Bhayeko Ma
- Rajan Barakoti Om Sir Bhanu jayanti ko pawan awasarma byangya marfat kantipuri nagari ko dukheso pokhidinu bhayeko ma dherai dherai dhanyabad....
- Bipul P Simpaly badhai 6 sarai ramilo bange banla entertrainment dinu bhayeko ma ..
- Acharya Sajal साह्रै कुरूप पो छ त सहर गाँठे ... जस्ताको तस्तै लेख्नु भएछ साधुवाद !13 July 2010 at 03:16 via Mobile ·
- Shreeram Gautam कस्तो यथार्थाता ! यो पटकको गाइजात्रेमा तपाइको अभिनय र कला हेर्न र सुन्न पाइयोस् प्रेम जी । शुभकामना !
No comments:
Post a Comment