Friday, August 3, 2012

फेरी नेपाल बन्द छ

हल्लो प्रेम !
गाडी छैन
ट्याक्सी छैन
कस्तो नेपाल !
एयरपोर्टबाट फोन गर्दै
खैरे साथी भन्दछ
मैले भने
अब लुरु  लुरु हिड्दै   आउ
किनभने
आज नेपाल बन्द छ ।

एक दिन
श्रीमतिलाई असय भयो
काटेको कुखरा जस्तो
छटपटाउन लागि
खुर्सानी दलेको जस्तो
कहिले यता भागी
कहिले उता भागी
ट्याक्सीको लागि  कुदनु सम्म कुदियो
किन आजै जन्मनु पर्ने यो बच्चालाई ?
झोक देखाउदै आँफैले आँफैलाई सोधियो
कतै बाट  आवाज आयो
कान लागाएर सुन्दा
श्रीमतीको पेटको बच्चा पो  भन्दछ
भो बा आज आउँदैन भोली पर्सी नै आउँला
किनभने
आज पनि फेरी नेपाल बन्द छ ।

अर्को   दिन
पुरानो प्रेमिकाको प्रेम अङ्कुरायो
साहेत बुढोले छाडी दियो की
मेरो मन पनि  कता कता मुस्कुरायो
बुढीलाई सेमिनार भन्दै हिडियो
बुढो  मायाप्रीतिमा  भिडियो
बिहान त सब ठीक ठाक थियो
तर साझ गाडी घोडा मन्द छ
सोध्दा  मान्छे  भन्दछ
कौनाले नेताकी बुढी पो उडायो रे
त्यै नेताले नेपाल बन्द गरायो रे
त्यही उडाउने ठिटो आफु   नै परीएछ
ठिकै  छ   एक दिन  भए पनि
आफ्नै नाममा नेपाल बन्द गरिएछ ।

हिजो  एउटा  भोजमा   गइयो
पैसो उठाउने गरी डोज  लाइयो
छोइला ओइला सब खाइयो
भोली पल्ट
छेराउन सम्म छेराएछ
पैसो उठाउन   खोज्दा
उल्टो खर्च पो गराएछ
पेट दुखे पछी
कहिले यो खाट
कहिले त्यो खाट गरियो
अस्पताल जान सडकमा झरियो
बाटो भरी टाएर धुवाको गन्द छ
पक्कै आज पनि
फेरी नेपाल बन्द छ ।  






















· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers