Monday, August 1, 2011

पुतली सडक

मन्त्री ,प्रधानमन्त्री
साइरन बजाउदै
शानबानका साथ
मेरो छाती कुचल्दै
ओहर  दोहर गर्दा
मलाई खुशीले कुतकुताउछ।

तर त्यसै बेला
बिच सडकमा
बाटो छेक्दै
एउटा साँढे
लाज पचाउदै
प्रेम जालमा फसाउदै
कोरलीलाई मुतमुताउछ
उफ!गोब्राउदा झन
बान्ता नै आउछ
यो बेला
साच्चै नै
सडक हुनुमा बेमजा आउछ ।

व्यस्त बाटोमा
छोटो स्कर्टमा युबतीहरु
सडकमा  हिड्दा
युबा होस कि बुढो
दाँया बाँया उभिएर
रयाल काड्दै उभिनेहरु
एक पल्ट
सडक बनेर हेर न
हेर्नमा यसरी
झन क्या मजा आउछ।

कानमा कुन्डली
कपाल मुन्डली
घाटिमा झुन्डली लाउदै
धुवादार पल्सर उडाउदै
पछाडि तरुनी चिप्काउदै
मेरो बक्षस्थल चिर्दै
होटेलहरुमा छिर्दै
गेरेका युबायुबती देख्दा
मलाई मेरो बैशको याद आउछ।

कालो धन कमाउदै
कोही तालु खोइलिएका
कोही कपाल फुलिएका
मेरै आँखा अगाडि
अर्धनग्न नृतिङगानासङ्ग रमाउदै
सोमरसमा झुम्दै
कहिले हातले
कहिले नितम्ब सुम्सुमाउदै
स्वोर्ग भोगिरहेका देख्दा
थुइक्क! मातिएका बुढाहरु
इर्साले आँखा तिर्मिराउछ।

कहिले जुलुस र नारा
बालेर टाएर त्यो सारा
कहिले ढुङ्गाले हानाहान
कहिले गर्दा  तानतान
तन, सडक हुनुमा गर्मराउछ।

कहिले सडक बन्द
कहिले नेपाल बन्द
हुँदा अनेक छन्द
यो बेला अलिक
मन, शान्तिले सुस्ताउछ।
· · Share · Delete

    • Aakash Gaihre babal ... hajur ...
      04 August at 14:30 · · 2 peopleLoading...
    • फणिन्द्र शान्त शाब्दिक संयोजन कसिलो अनुप्रासिकताले बाचनमा सहज बनाएको छ । ब्यङ्ग पूर्ण कबिता गज्जबको लाग्यो ।
      04 August at 16:22 · · 1 personLoading...
    • Aakanksha Sharma कानमा कुन्डली,कपाल मुन्डली,घाटिमा झुन्डली hahahahha........!कविता त छँदै छ भाषा 'नि गज्जब लाग्यो......जय होस्.....!
      04 August at 18:44 · · 1 personLoading...
    • Madan Dc sarai ramro 6sir jati padhet pan i pugena !!!!!!!!!!!!!!! thax fr sharing
      04 August at 23:29 ·
    • Chakendra Rai भनिन्छ - कबितामा पहाडहरु नदी झै सलल बग्छन........, ढुङ्गा पनि बोल्छ............. यहाँ अमुर्त एउटा पात्रा "पुतली सडक" त्यसरी नै बोलेको छ । निक्कै चोटिलो घोचपेच गर्न सफल यहाँको कबिता धेरै रसिलो लाग्यो । धन्यवाद छ यहाँलाई !!
      05 August at 02:01 · · 1 personLoading...
    • Bharat Kumar Bhattarai व्यङ्ग्य स्वादिलो तर भाषाको चीरहरण भो मित्र ! भाषा मिलाउन नेपाली शिक्षकलाई जिम्मा दिऊँ है ।
      05 August at 03:11 · · 2 peopleLoading...
    • Tila Rai Gr8 artical..kip riting ahead sir..its really true..ny thanxx 4 tag me.//
      05 August at 05:15 · · 1 personLoading...
    • James Grg नमस्कार सर '''यहाँ को जीवन सुखा, शान्ती, सु-स्वास्थ्य, दीर्गा यु होस, ज्ञानी होस, साथै जिवनमा धन सम्पति ले भरी पुर्णा होस, र जीवनमा खुशी र उमङगको बास होस""जय माता की""
      05 August at 07:54 · · 2 peopleLoading...
    • Rudra Adhikari wow so nice mitra/have a nice day.
      05 August at 08:24 · · 1 personLoading...
    • Dee Thapa No comment. (No comment is the best comment).
      08 August at 09:39 · · 1 personLoading...
    • Om Joshi h ha ha ha........................​................
      10 August at 04:19 · · 1 personLoading...
    • Purna Basnet ramro chha
      Yesterday at 02:38 · · 1 personLoading...

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers