Wednesday, July 14, 2010

धनको शक्ती(ब्यङ्ग्यबन्ध)

पन्डित बाजेले धन बहादुर नाम रखिदिएर के गर्ने?आफुलाई चाँही जहिले पनि धनको खाचो नै पर्ने।हुन त बिचरा बाहुन बाजेले जहिले एक रुपैयाको ढ्याक पाउने भएकाले यसो जुक्ती फुरएर नाम जुराए होलान।कतै धन बहादुर नामले गरी हाल्छ कि!आफ्नो दक्षिणा पनि बढी हाल्छ कि । त्यो कुरो उनैले जानुन।आफुलाई केही पारी आयो भने रिन पैचोमा नै टर्ने।बिचरा बाजेलाई के झर्ने।
मान्छेलाई धनको तोड अर्कै हुदोरैछ।खल्तिमा दुई चार दाम छ भने हिंड्ने गोडै अर्कै हुन्छ।अझ हाउ भाउको मोडै अर्कै हुदोरैछ।हुन पनि गाउँको नजिकै एकजना हुने खाने छन । यसो कहिले कही भेटघाट हुँदा बोलीको तोडै फरक हुन्छ।के तेरो खबर? छोरोले कलापारबाट कती दाम पठायो?धानको बिउ किनिस? यस्पाली त मल उधारो माग्न पनि आएनस नि?माहाभारतमा अर्जुनले हानेको जस्तो प्रश्नबाणहरु हाने पछी कुन चाँही प्रश्नको उत्तर दिने भनी भेउ नै पाइएन। चुप लागेर सुन्नु भन्दा अरु गल्फत्ती पनि लाइएन। धनको शक्ती राम्रै भएको जस्तो यो मनलाई लाग्यो।
एक दिन यो मनलाई एक छिनलाई भए पनि धनी हुने जङ्ग जाग्यो।चुरोटको भन्दा नि बडी तलतल मन लाग्यो। मन रोक्दा झन भाग्यो।साच्यै यो धनको शक्ती कस्तो हुन्छ,कसरी आउछ शक्ती? तलतल नै जाग्यो।दसैं हजार भए पनि ऋन कारेर खल्ती हाल्नु पर्‍यो। शहर तिर जानु पर्‍यो भनी तिनै बुढासँग दश हजर चर्को ब्याजमा भए पनि लिएर खल्तीमा हाले। एक दुई दिनलाई न हो,यत्रैसित जे परे पर्ला!ब्याजै तिर्ला। छोरो हो के डर्ला।साचै नै गाठे! खल्तीमा गाठ हाले पछी हिडाइको तोडै अर्को,बोलाईको मोडै चर्को?जस्लाई भेटे पनि मुखबाट फुत्त आँफै अइहाल्ने। "के छ कान्छा हालिस खेतमा?छोरो लाहुर पठाइस?"उसले हिजो मैले लाउने अनुहार लाउदै बल्ल बल्ल बोली फोर्यो।"के गर्ने काका,छोरो आज नै जान्छु भन्दै छ। पैसा जुटाउन सकेन।" मैले इजारबाट हजारको नोट निकाल्दै भने,"ल यो एक हजार,आज नै पठा छोरोलाई। म छउन्जेल के सुर्ता गर्छस?"आज मलाई धेरैले भने,"के हो दाई,तपाइ त आज निकै फुर्ती फार्तिको देखिनु हुन्छ?" यो सुन्दा बडो आनन्द पनि आउदो रहेछ। त्यसैले होला धनीको मुखै उज्यालो। खुशीले कती सहयोग गरियो थाहानै भएन।कतिलाई मिठाइ ख्वाइयो ,कत्तिलाई चिसो पिलाइयो,बातै भएन।बजार पनि कस्तो महङ्गो गाठे!एक दिन धनी बन्दा त टिक्न गार्हो भयो भने ती धनी मान्छे कसरी टिकेका हुलान?उनिहरु झन दिनहु खाएकै छन। भुडो पनि लाएकै छन।साझ परे पछी पेटले भोग लागेको भनी सन्केत गरे थाहा भयो कि दिन भरी ख्वाउदा ख्वाउदा अफुले खानै बिर्सिएछ। आज दिन पनि के एक्लै खानु,खाए पनि दुइचारसँ पो खानु जस्तो लाग्यो। यता उता आँखालाई घुमाए। यो देशमा खुवाउने कमी होला तर खाने के कमी।ख्वाउने जस्तो माने पछी दुइ चार के?एक हुल नै आउने देखे पछी घुस ख्वाएको जस्तो खुसुक्क दुई चार जनालाई लिएर एउटा गोप्पे स्थान तिर लागियो। खादा खादा कती खाइयो खाइयो।जोसमा क्याबिन देखी डान्ससम्म गइयो।पहिले साथीसँग दुइचार बात लाइयो। हुँदा हुँदा दुइचार हात पनि लाइयो ,त्यसपछी के हुनु थियो र!आँफैले पनि दुइचार लात खाइयो। बिहान नसा छोड्दा,थुक्क!आफुलाई त थानामा पो पाइयो।हिजोको फुर्ती अस्ती थुकेको सुर्ती जस्तो भइसकेकोरहेछ। खल्ती हेर्दा सुको छैन। बल्ल बल्ल पोलिसलाई हातपाउ जोडेर अफु त सोजो मान्छे हजुर धनले बाउलाउछ भन्थे,साचै म बौलाए हुजुर, भनेर बेलीबिस्तार लगाए पछी,उसले हकार्दै भन्यो "बोकाको बुखमा कुबिन्डो भने यही हो ,ल थाहा छैन?ल बहिर आइज,ल घरतिर फर्के, भनेर ढाडमा त्यो भैंसे बुट एक किक दिए पछी दौडेर घरै आएर डङरङ्ग ढले। रक्सिको मात र पोलिसको लातले दुइ चार दिन थलै परे। बल्ल थाहा पाए धनको शक्ती कस्तो हुदो रहेछ। ैंसे बुट एक किक दिए पछी दौडेर घरै आएर डङरङ्ग ढले। रक्सिको मात र पोलिसको लातले दुइ चार दिन थालै परे। बल्ल थाहा पए धनको शक्ती कस्तो हुदो रहेछ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive