Friday, August 10, 2012

आफ्नै चिना

 एक दिन हुने वाली
श्रीमतिको चिना देखाउन
ज्योतिषीको ढोकाँ गईएछ
ज्योतिषी पनि कसाइ परेछन
अच्छै बोका भईएछ
हात्ती गैंडा हाले पछी
चिना हेर्दै बोले
बिस्तारै कुरा खोले
मुखाले केटी परिछ
किनकी
ओठमा कोटी छ
माइतिलाई भन्दा केटी
घर तिरलाई धेरै खोटी छ ।

तिम्रो माया धेरै पाउछे
कुरो हेर सिम्पल छ
उस्को गालामा डिम्पल छ
होस गरेर माया गर्नु
किनभने
गाला भरी उस्को पिम्पल छ ।

केटा बाउ लुच्चा छन
छोरी भन्दा फुच्चा छन
तिमीलाई घरज्वाइ छिराउलान
घर खर्च पनि सबै  तिराउलान
आमा केटीकी कुरौटी छिन
पचाउन नसक्ने छेरौटी छिन
भाई उस्को बकमफुसे
पाए भेनाको पैसा ढुसे
बहिनी पनि उखरमाउली
भेनालाई अच्छै काम लाउली ।

यस्ती केटी चाहिदैन भन्दै
चिना छाडी त्यै हिडियो
खुट्टा भए जुत्ताको के कमी
अन्तै केटी हेर्न भिडियो
कतै उनिहरुले मन पराउदा
आफुले मन नपराउने
कतै आफुले मन पराउदा
उनिहरु त्यसै डराउने
कती भोज खाए बाले
केटी मैले बिन्दा
कती रोश पाए मैले
कुरो नछिन्दा
घुम्दै फिर्दै रुम्जाटार गरिएछ
दिदिलाई छाडी हिंडे पनि
उस्कै बहिनी माथि परीएछ
बिहे भाकै भोली पल्ट
ससुराली डेरा सरीएछ
स्वास्नी चिना भन्दा
आफ्नै चिना
घरज्वाइ ठहरिएछ ।  
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers