Friday, July 16, 2010

बन्डापत्र

बिचरा बाउले
छोराकै लागि
बनेर अभागी
नखाइ नलाई
लोभ र लाभले
गरेर काइकाइ
नवलोक झरे
न पुन्य गरे
न पाप गरे
बिचरा बाउ
स्वोर्ग परे कि
नर्ग झरे
उनको मृत्‍यु पछी
कोही भिरमा परे
कोही छिरमा परे
कोही तिरमा परे
कोही खिरमा परे
तर म पिरमा परे
बन्डापत्रको सहमतीमा
बढे पछी झन गलफत्ती ।
जेठा बमक्क बम्किए
माइला आगो भई दन्किए
साइला सनक्क सन्किए
काइला झन झन्किए
राइला रनक्क रन्किए
ठुला कान्छा फन्किए
मिलौ मिलाउ भन्दा
कोही घण्टा झै घन्किए
कोही जुका झै तन्किए
भुत्रै सित! आफु पनि
के कम!भनक्क भन्किए
के यो सम्पत्ति
तिनका बाउको बिर्ता हो र?
यत्रै सित!म पनि
अन्तैतिर दनक्क दन्किए।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive