यो शहरमा
भुसिया कुकुर सङ्गै
ङ्यारर गर्दै
बाटो भरी फालिएका
भातका सिताले पालिएका
थुप्रै भोकहरु देखे मैले ।
भिडहरुकै छेउमा
घ्यारर् गर्दै
पिडाले थलिएका
पेटिहरुमा ढलिरहेका
थुप्रै रोगहरु देखे मैले ।
घरै घरको जङ्गलमा
आफन्त गुमाउदा
समबेदना पिउदै
खाटाहरु सिउदै
एक्लै रोइरहेको
थुप्रै शोकहरु देखे मैले ।
एका तिर
बच्चा नपाएर
तडपिदै गरेका
अर्को तिर
बच्चा फालेर
भडकिदै गरेका
थुप्रै कोखहरु देखे मैले ।
कतै बैशले रुपैया साटेका
कतै पैसो खुपिया साटेका
कतै भातले रात साटेका
कतै मातले खाट साटेका
थुप्रै चोकहरु देखे मैले ।
भुसिया कुकुर सङ्गै
ङ्यारर गर्दै
बाटो भरी फालिएका
भातका सिताले पालिएका
थुप्रै भोकहरु देखे मैले ।
भिडहरुकै छेउमा
घ्यारर् गर्दै
पिडाले थलिएका
पेटिहरुमा ढलिरहेका
थुप्रै रोगहरु देखे मैले ।
घरै घरको जङ्गलमा
आफन्त गुमाउदा
समबेदना पिउदै
खाटाहरु सिउदै
एक्लै रोइरहेको
थुप्रै शोकहरु देखे मैले ।
एका तिर
बच्चा नपाएर
तडपिदै गरेका
अर्को तिर
बच्चा फालेर
भडकिदै गरेका
थुप्रै कोखहरु देखे मैले ।
कतै बैशले रुपैया साटेका
कतै पैसो खुपिया साटेका
कतै भातले रात साटेका
कतै मातले खाट साटेका
थुप्रै चोकहरु देखे मैले ।
कतै दिनहु डेरा सारेको
कतै दिनहु डेरा चाहरेको
कतै मान्छेहरु फाटेको
कतै मान्छेले मान्छे भाडेको
यो शहरमा
थुप्रै थोकहरु देखे मैले ।
No comments:
Post a Comment