राजनीतिक लठकहरु
पार्टिका घटकहरु
देखाउदै चटकहरु
एन कानुन नाघ्न थाले ।
फेरी अब
कोही हातमा खुकुरी
कोही साथमा बन्दुक लेइ
असहमतिको बाजा बजाउदै
शान्तिलाई दाग्न थाले ।
भित्र भित्र कटुताको आगो बाल्दै
जनतालाई अन्योलको भुमरीमा हाल्दै
देशलाई भिरमा लगेर फाल्दै
कट्टु फाली इजत ढाक्न थाले।
कोही गोरु ब्याउने आसमा
कोही हरियो बिटाको घासमा
कोही सात्ता लम्ब्याउने खासमा
कोही सत्ता हत्त्याउने चाखमा
सबै आफ्नै दाउमा लाग्न थाले ।
आउछ कि संबिधान र शान्ती
छाउछ कि सम्ब्रिदी र कान्ती
सोच्दा सोच्दै मान्छे थाक्न थाले ।
त्यसै छाड्नु हुन्न यि लठकहरुलाई
पाता कस्नु पर्छ सबै घटकहरुलाई
अब युबा जुरमुराउदै जाग्न थाले।
No comments:
Post a Comment