Monday, August 2, 2010

आज त्यस्तै लाग्यो

जितुवाहरु
मुतुवा भइ
चितुवा झै भाग्दा
हरुवाहरु
हारेर  देश हाक्दा
गर्छु भन्नेहरु 
राजिनामा ठोकेर
छेउ टुप्पा लाग्दा
देश त चल्दो रहेछ
पशुपतीले चलाएको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाईंलाई कस्तो लाग्यो?


पुरानो तन्त्र जले पनि
राजतन्त्र ढले पनि
नयाँ तन्त्र चले पनि
देश जहाको त्यै भयो
जनता जस्ताको त्यस्तै रहयो
सतिले सरापेको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाइलाई कस्तो लाग्यो ?

दुई सय पाच मागे
जनताले दिए
छ सय एक मागे
जनताले दिए
तर आज जनतालाई
नाङ्गे झार पारेर
कसैको पसिना पिए
कसैको रगतै लिए
चन्डालहरुको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाइलाई कस्तो लाग्यो?

गाई सरी जनतालाई
भाई सरी जनतालाई
कुलो झै घुमाउदै
कुरो झै बङ्गाउदै
कहिले दङगाउदै
कहिले जङ्गाउदै
कहिले नङ्गाउदै
ढाटनुसम्म ढाटे
काट्नु सम्म काटे
भाड्नु सम्म भाडे
अझै भाड्दै  छन
पन्डालहरुको देश भन्थे
आज त्यस्तै लाग्यो
तपाईंलाई कस्तो लाग्यो ?

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive