म गरिबको घरमा आइ
मिठा सपना बाट्ने हजूर
भाग्य तिम्रो बन्छ भनि
म सोझोलाई ढाट्ने हजूर
यस्तो गर्छौ उस्तो गर्छौ
कुरा ठुला छाट्ने हजूर
देउसै बत्ति बाल्छु भनि
कस्तो कस्तो आट्ने हजूर,
हिजो आफै बोलेको कुरा
आज आफै काट्ने हजूर
आफु हुने चिल्लो पिरो
किन अरुलाई डाटने हजूर
मोटर घोडा आफै चड्ने
हाम्रो त जुत्ता फाट्ने हजूर
हत्केलाले सुर्य छेकी
कस्तो कस्तो आट्ने हजूर,
तिम्रो हाम्रो एउतै भनि
किन सपना साट्ने हजूर
आफ्नो बाटो आफैं खनी
किने फेरी भाट्ने हजूर
झुट माथि झुट थपी
कती कती ढाट्ने हजूर
हत्केलाले सुर्य छेकी
कस्तो कस्तो आट्ने हजूर।
कस्तो कस्तो आट्ने हजूर।
No comments:
Post a Comment