ढलको पानी
बेलुनमा हाली
बाल्टिनमा हाली
कसियो टोली
भिजाउन चोली
तरुनी ताग्दा
बुढीलाई लाग्यो
बर्सियो गाली
कुलेलम भाग्यो
स्कुटी चढी
आएकी मैया
बेलुनले डस्दा
गर्दछिन ऐया
पातलो टिसर्ट
निथ्रुकक भिज्यो
लालची आँखा
फोटो त्यो खिज्यो ।
हरियो निलो
रङ्गाउदै गाला
अनौठो फेसन
अनौठो चाला
भुत झै बनी
एक हुल आयो
गाजा र भाङ
लट्ठीदै खायो
नयाँ छ जमाना
नयाँ छ होली
ल खेलौ साथी
दिल यो खिली ।
No comments:
Post a Comment