by Prem Oli
पूर्वमा चन्द्रमाको उज्यालोले
रात चिर्न कोशीश गरे पनि
आकाशमा फक्रिएका ताराहरुले
लाली छर्न कोशीश गरे पनि
रात अझै अध्यारो नै छ ।
पारी टाकुराबाट
कसैले उज्यालो फालेर
अन्धकार हटाउन खोजे पनि
वारी पखेराबाट
कसैले राको वालेर
प्रकाश पठाउन खोजे पनि
अध्यारोमा खान पल्किएका ब्वासाहरुले
अझै बत्ती निभाउने कोशीश गर्दै छन
आकाशको जूनलाई छोप्ने कोशीश गर्दै छन
अध्यारो कुखरा चोर्न पल्किएका स्यालहरु
रात अझ अध्यारो होस
रात अझ भयाभह होस भन्दै प्रार्थना गर्दैछन
कोही ब्वासाहरु हुकार निकाल्दै
उज्यालो छर्नेलाई तर्साउन खोज्दैछन
तर ब्वासाहरु
तिमीहरुलाई यो पनि थाह होला
भोली घाम लागे पछी
तिमीले रोजेको अध्यारोले
तिमीलाई नै लखेट्दै बिलाउनेछ
तिम्रो नै यसले उठिबास लाउनेछ
सिनो खान पल्किएका हुँडारहरु
तिम्रो घैटोमा घाम लाग्छ भने
दियो बालेर अन्धकार चिर्न आउ
मियो बनेर बाउसिमा छिर्न आउ ।
रात चिर्न कोशीश गरे पनि
आकाशमा फक्रिएका ताराहरुले
लाली छर्न कोशीश गरे पनि
रात अझै अध्यारो नै छ ।
पारी टाकुराबाट
कसैले उज्यालो फालेर
अन्धकार हटाउन खोजे पनि
वारी पखेराबाट
कसैले राको वालेर
प्रकाश पठाउन खोजे पनि
अध्यारोमा खान पल्किएका ब्वासाहरुले
अझै बत्ती निभाउने कोशीश गर्दै छन
आकाशको जूनलाई छोप्ने कोशीश गर्दै छन
अध्यारो कुखरा चोर्न पल्किएका स्यालहरु
रात अझ अध्यारो होस
रात अझ भयाभह होस भन्दै प्रार्थना गर्दैछन
कोही ब्वासाहरु हुकार निकाल्दै
उज्यालो छर्नेलाई तर्साउन खोज्दैछन
तर ब्वासाहरु
तिमीहरुलाई यो पनि थाह होला
भोली घाम लागे पछी
तिमीले रोजेको अध्यारोले
तिमीलाई नै लखेट्दै बिलाउनेछ
तिम्रो नै यसले उठिबास लाउनेछ
सिनो खान पल्किएका हुँडारहरु
तिम्रो घैटोमा घाम लाग्छ भने
दियो बालेर अन्धकार चिर्न आउ
मियो बनेर बाउसिमा छिर्न आउ ।
- Indra Narayan Chongbang काव्यिक चेत खुल्दो सुन्दर कविता ..प्रेम गुरुको धार अलि परिबर्तन भो जस्तो छ ...सेवारो8 May at 23:27 · · 1
- Lila Rijal सुन्दर कविता इन्द्र भाइको(काव्यिक चेत खुल्दो सुन्दर कविता ..प्रेम गुरुको धार अलि परिबर्तन भो जस्तो छ )... भनiइमा म पनि सहमत भए9 May at 00:47 · · 1
- Dalbir Singh Baraili 'Ghayal' samaya sandarbhik kabita... Sachchai uni haru ko buddhi kina nakhuleko hola...? Dherai ramro prem jee !9 May at 05:59 via M
No comments:
Post a Comment