गत बर्ष मनकामना गएको बेला बुढीले लौ बुढा यसपाली त भाकल गर्नुपर्छ। ग्रह दशा पनि टर्छ भने पछी मनकामना मातालाई कालो बोका चढाउने भनी भाकल गरियो। पछी फसातमा परीयो।कहिले जान्छु भन्दा समय नहुने। त्यो भन्दा पनि बजारमा बोकाको भाउ र
ब्यापारीहरुको दाउले हयाउ नै हराउने। अब जानु पर्यो भन्दा देशै आउन लागेर होला बोका बजियाको भाउ नै चर्को। फेरी नजादा काली रिसाउने पिर अर्को।
एक दिन सपनामा सक्षार कालिको दर्शन भयो। घरमा माता आए पछी काली ,अब टुन्न खाइने भयो गाली भनेर मन थुरर भयो। मैले दश औंला जुटाउदै भने।"माता माफ गरी दिनुहोला यो बालकलाई। यो बबुरोले हजुरलाई बोका ल्याउछु भनेर धोका दियो।तर के गर्ने हामी जनताले अब बोकोको के कुरा कुखरो पनि चढाउन सक्ने अबस्ता छैन। धार्नी खाए बाउले,आफुलाई खायो पाउले भने झै भएको छ।उहिले घर घरमा खसी ढालिन्थे ।अब त कुखरो ढाल्न पनि गार्हो भयो।बोकाको भाउ हजार मात्र हैन, लाखौं पुग्यो माता। काली माताले आश्चर्य प्रकट गर्दै भन्नु भयो।"कुन बोका हो त्यस्तो महङ्गो?मलाई त त्यस्तो महङ्गो बोका चढाइएको जस्तो छैन। मलाई सस्तो सस्तो रोग्गेका,लुरे ,चाम्रे चढाइएको हुन्छ।बलिको बोको खाएको दिन,कहिले पखला ,कहिले आउमासी भएर हैरान हुन्छ।"मैले बिन्ती गर्दै भने।"कोही काटी खाने बोका। कोही ढाटी खाने बोका। कोही साटी खाने बोका।यो ढाटी खाने बोकाको मुल्य त अब करोर नै पुग्न लाग्यो माते।यिनलाई किन्न नेपालको धन नपुगेर बिदेशतिर माग्नु पर्ने भयो। "यी महङ्गो बोका किन नचढाएका नि मलाई?" मैले बिन्ती गर्दै भने। "ढाटी खाने,साटी खाने,आटी खाने बोका त सार्है खतरनाक छन माता। हजुरलाई नै खतरामा पार्छन। हजुरका मुर्ती त बेची खाएका छन।नेपालमातालाई बेचेर खालान खालान जस्तो गर्छन्। झन हजुरलाई के बाँकी राख्लान।मातेले एक छिन सोच्दै,"ल ठीक छ,यि बोकालाई अब यमलोकतिर नै पठाइ दिनु,मलाई नचढाइ दिनु।"
माताको चरण छुदै भने।"माता यो जनता बबुरोले यसपाली पनि बली चढाउन सकेन। यस पालिको दशैमा पनि कसरी रागा,बोका,हास चढाउने?" काली माताले भन्नु भयो। "तिमीले चिन्ता मान्नु पर्दैन भक्त। मलाई रागो बोका होइन,नरिवोल,मकैको घोका चढाए हुन्छ।म पनि अब त भेजिटेरियन भएको छु।रामको देबको योगामा गएकीछु। भक्तहरुले चढाएको मासुले कोल्डस्टोर,युरिक एसिड,रक्तचाप ,चिनीरोग भएर निकै गार्हो भएको छ। यो बारे कोही भक्तजनले बिचार गरेन।आफ्नो स्वार्थको बली चढाएका छन। त्यसैले तिमीलाई बताउन आएको। अब त म बुढी पनि भए। बिस्वोकर्माले बनाइ दिएको नक्कली दातले पनि काम गर्दैन। पोहर कुन भक्तले जोतेर लोत परेको बुढो रागो चढाएछ। चपाउदा दुइवोटा दातै हराएछन। त्यसैले बालक, सबैलाई बताइ दिनू। मलाई कुनै पनि जनवर बली नचढाउनू। यदी मिठाइ पनि चढाउने भए सुगरलेस चढाउनू । यती भनेर माता लोप हुनु। आँखा खोल्दा छोराले आज शनिबार चिची खाने भन्दै थियो।यसो रेडियो सुन्नु पर्यो भन्दा मासुकै खबर पो भट्टाउदै थियो।फेरी कुखराको मासुको भाउ बड्यो भनेर । ल है साथी हो,मैले आफ्नो कुरोको पस्के अचार।यस पाली दशैमा बली चढाउने कुरोमा के छ बिचार ?जय काउकुती।

No comments:
Post a Comment