Friday, July 27, 2012

कस्तो बिरामी भइएछ

कहिले गोडा दुख्यो
कहिले घुडा दुख्यो
खै के बिरामी भइएछ
निको हुन्छ कि भनी
स्वास्थेशाला गइएछ
स्वास्थेशालामा
बिरामी भन्दा पनि
डाक्टरको दुहुनो गाई भइएछ  ।

प्रयोगशाला जाने भन्दै
डाक्टरले लाssमो लिस्ट दिए
रगतको जाच
पिसाबको जाच
दिसाबको जाच
भिडियो जाच
भए नभए सबै जाच
जाचकीहरुले के कम
झन्नै ढल्ने गरी  नै  पैसो लिए
साझ घर फर्के पछी
टेन्सनले  स्वाट्टै
दुई चार प्याक यसो  रक्सी पिए ।

अर्को दिन
सब रिपोर्ट देखाए पछी
डाक्टर साहबले
आफ्नै पसलको नाम भन्दै
फेरी
औषधी लाssमो लिस्ट  दिए
औषधी पसले पनि के कम
हान्दै खाने समयको दम
यो दिनको एक पटक
यो दिनको दुई पटक
यो दिनको तीन पटक
यो सुत्ने बेला
यो उठ्ने बेला
यो खाना अघी
यो खाना पछी
झोलै भरिनी गरी औषधी दिए
गाडी भाडै नरहने गरी
हसुरेर  पैसा लिए
घर फर्के पछी
फेरी एक बोटल  नै  रक्सी पिए ।

कस्तो बिरामी भइएछ
स्वास्थेशाला  भनेको त
बधशाला पो  गइएछ
रिसको पारै तात्तियो
मन पनि सार्है आत्तियो
औषधी लगि सबै खोलामा फालिदे
पर्चा पनि फोहरको झोलामा हालिदे
आज भोली
न पेट दुख्छ
न टाउको दुख्छ
न पिसाब रुक्छ
न दिसाब रुक्छ
बरु डाक्टर साहेवलाई देखे भने
यो ओठ र मुखै  सुक्छ । 
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers