कोही भाङ खाइ लडेका
कोही छ्याङ खाइ ढलेका
कोही घुस खाइ ढाडिएका
कोही जुस खाइ टाठिएका
ओहो कती अनौठा!
कलियुगका बाँदरहरु।
मानिएका साकाहारी
ठानिएका फलफुलधारी
बनेछन माम्सकारी
रक्सी र व्हिस्किधारी
कलियुगका बाँदरहरु।
तारे होटेल पस्न थाले
कोही जङ्गल छाडी
कालो गाडीमा बस्न थाले
कोही हिंड्न छाडी
आज भोली सुनिन्छ
शहरमा महल पो बनाउदैछन रे
कली युगका बाँदरहरु ।
कुला नालामा नुहानेहरु
स्विमिङ्ग पुलमा नुहान थाले
मैलो जुत्रो लागाउनेहरु ती
महङ्गा लुगा लगाउन थाले
भएछन सुबिदा भोगी
लुटेरा ति बनी ढोगी
कली युगका बाँदरहरु।
कोही जनताकै नाममा
कमाउन ब्यस्तछन
कोही जनताकै दाममा
रमाउन मस्तछ्न
तर गजबको कुरो
बाँदर बाँदर नै हुन
न आफ्नो घर बनाएकाछ्न
न अरुको घर बनाउन दिएकाछन
कलियुगका बाँदरहरु।
No comments:
Post a Comment