Saturday, June 30, 2012

आलु

हिमाल गए पनि
तराइ भए पनि
जहाँ गए पनि
कतै रातो आलु
कतै सेतो आलु
कतै लोकतन्त्रे
कतै ठोकतन्त्रे आलु
कतै गणतन्त्रे आलु
कतै जनतन्त्रे आलु
नाम अनेक
काम एकैको छ आलु
यि आलुहरु
जती सडे पनि
ठुस ठुस्ती गन्हाउदै लडे पनि
हामीलाई यि आलुको बाहेक
कुनै बिकल्पै भएन
हिजो पनि आलु
अस्ती पनि आलु
आज पनि यो आलु बाहेक
अरु कुनै बिकल्पै रहेन ।
फेरी पनि आज
यही आलु धोका दिए पनि
आलुसङ्गै सहमती गरेर
आलुकै तरकारी पकाइदै छ
एउटा आलुलाई फालेर
आर्को आलुलाई फकाइदै छ
मलको नाममा होस कि
ढलको नाममा होस
यही आलुले दाम खाँदैछ
गजबको कुरो
यो आलु
जती फले पनि
जती फैलिए पनि
पेडा भन्दा
यसैको भाउ माथि जादैछ ।
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers