Saturday, July 28, 2012

म कबिता कसरी लेख्छु

म कबिता कसरी लेख्छु
हिड्दै जादा
सडक भरी
सौदर्यमा पोखिएका
युवती र महिलाहरु
मुना र लैलाहरुमा
सृजनाका फुलहरु देख्दा
बन्छ मेरो कबिता
ति फुल कलमले टिप्दा ।
घुम्दै जादा
बाटोका वारी पारी
घरका छतहरुबाट
मक्किएका ढोकाहरुबाट
फलफुलका डोकाहरुबाट
बाटोमा लडेका भोकाहरुबाट
मनको तरेलीमा
बिभिन्न भावका ढुङ्गाहरु हान्दा
कलमले ति ढुङ्गाहरु समाउछु
र म मेरा कबिता बनाउछु ।
डुल्दै जादा
नेताले बोल्ने
भाषनका धोकाहरुबाट
जनतालाई बाट्ने
अश्वासनक पोकाहरुबाट
शान्तीलाई तर्सौदै पट्किएका
बन्दुकका खोकाहरुबाट
बली चडाइएका बोकाहरुबाट
मलाई कबिताले चियाउछ
त्यसइलाई छोपी
मेरो कलमले ल्याउछ ।
घुम्दै जादा
अनेक मान्छेका
अनेक हाउ भाउहरु
तरुनी जिस्काउने
नानीका बाउहरु
नाठो खेलाउने
चल्लाका माउहरु
मान्छेले मान्छेलाई पछार्ने
मान्छेका दाउहरु
देख्द यस्ले
मेरो मानस पटल नै छुन्छ
यसैलाई कागतमा कोर्दा
मेरो एउटा कबिता हुन्छ ।  

हेर्दै जादा
बसहरु
ट्याम्पोहरुमा
रक्सिका घ्याम्पोहरुमा
जोगीहरुमा
ढोङ्गीहरुमा
भोगिहरुमा
रोगीहरुमा
एक किसिमको भावले
यो मनको सागरमा डुङ्गा ख्याउछ
त्यही बाट मेरो कलमले
एउटा कबिता उठाइ ल्याउछ ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers