एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
अफु त साथी सधैं
यसरी नै रम छ
यसरी नै जम छ
भन तिमी भन्दा म के कम छ।
मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउछ ?
हिङ नभए पनि
हिङ राख्ने टालोको दम छ्
भन तिमी भन्दा म के कम छ।
अमेरिका जाउ वा अफ्रिका
उधोग चलाऊ वा पत्रीका
तिमीलाई धन
जती भए पनि कम छ
किनकी तिमीलाई
अझै खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
अफु त साथी बार्है महिना
यसरी नै रम छ
यसरी नै जम छ
भन तिमी भन्दा म के काम छ।
हो तिमीसँग धेरै
कारहरु होलान
हारहरु होलान
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर छ न दम छ
न चिन्ता छ न गम छ
अफु त साथी
हरेक दिन
यसरी नै रम छ
यसरी नै जम छ
विश्वाश छैन भने
तिमीलाई यो खाली भ्रम छ
भन तिमी भन्दा म के कम।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
June
(36)
- एक गते
- मेरो कलम
- नव कर्मकान्ड
- नेपाली फूटबल
- भन बा कुन गोरु जोतू।
- पुरानो बादशाहको गाई गुइ छ
- शहरको एउटा गल्ली छ
- मच्छेर र रात
- कुर्सीमा के माद छ
- हास्यरस
- देसलाई हनुमान चढाउनु पर्छ
- रोपाइ
- फूटबल र बत्ती
- गुरु बने पछी
- सबमा राजनीति ठोसियो
- आफ्नै घरको साथ राम्रो।
- आफ्नै घरको साथ राम्रो।
- भन प्रभू (ब्यङ्गे कबिता )
- भैंसीको कसम
- भन तिमी भन्दा के कम छ।
- निठुरी त्यो रात
- ढोकिदैन काली अब
- मेरा गोरुका बार्है टक्का
- गीत
- सपनीका ताराहरु
- मुखाँ हानु जस्तो
- नेता
- कस्तो लाग्छ साथि तिमीलाई
- पशुपतिका कलि अब
- के बताउ तिमीलाई
- शान्तिका परेवाहरु
- यी हुतिहारा
- एक हुल गोरु
- बिर्खेको हलो
- संबिधानसभा
- कस्तो कस्तो आट्ने हजूर
-
▼
June
(36)
No comments:
Post a Comment