Friday, August 17, 2012

फुटकर कबिता - 5

१) स्वयम्भू
सधैं
मिरमिरेलाई चिर्दै
शान्तिको ध्वोनी फुक्छ
तर उस्को बिकुल
न सिंहदरबार पुग्छ
न बालुवाटार पुग्छ
उल्टो तर्साउदै उस्लाई
सिंहदरबारले भुक्छ ।  


२) हनुमान ढोका
हनुमानलाई ढोके राखेर
कहिले बिदेशिलाई
कुमारी देखाउदै
डलर र भारु  झार्छ
कहिले
कुर्सिमा  उङदै
थोत्रो बन्दुक देखाएर
ईतिहासको झारो टार्छ
कहिले
भर्याङ भएर आकासीदै
पर्यटकलाई
चढन गार्हो पार्छ ।


३)  बिर अस्पताल
बिर तालमा
हरताल गर्दै
काल युद्द लडिरहेका
वीरहरुलाई लखेटेर
टुडीखेलमा रागो चराउँदै
बल्छी खेलिरहेको
बुढो यम राज ।  


४) बालुवाटार 
हरेक साझ
बिदेशी पाहुनासङ्ग
पाचतारे होटेलमा
रक्सी मासु धुत्छ
राती आएर अबेर
बालुवाटारमै सुत्छ
बिहान  उठेर सबेर
सिंहदरबारमै मुत्छ । 

 ५) लोभि नजरहरु

सिपिक्क परेका प्यान्ट हुँदै
चिपिक्क परेका सेल्याक्सबाट
यौवन त्यो पोखियो
पापी आँखाहरु
पोखिएकै ठाऊमा ठोकियो ।
टास्सिएका हाफ्प्यान्टबाट
आकासिएका स्कर्ट हुँदै
पार्दर्सी समिजमा
यौवन त्यो कस्सियो
लोभि नजरहरु
कस्सिएकै ठाउमा धस्सियो ।
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers