कहिल वारी
कहिले पारी
कहिले मैदान
कहिले टारी
ढुङ्गाहरुमा
मुर्तिहरुमा
देवताखोज्दै
भट्किए म ।
कहिले महादेब
कहिले काली
कहिले बिष्णु
कहिले लक्ष्मी
कोटिकोटी देवगणको
दैलो धाउदा धाउदै
क्रितन गाउदा गाउदै
अन्योलमा लट्किए म ।
कहिले गंगाहरुमा
कहिले तलाउहरुमा
कहिले कुण्डहरुमा
नुहाउदा नुहाउदै
भाग्यबाट फट्किए म ।
भजन गरी हुन्छ कि
पूजा गरी हुन्छ
बल चढाउदा हुन्छ कि
जल चढाउदा हुन्छ
अनमाउदा अनमाउदै
कर्ममा खट्किए म ।
हिजो गर्दा पनि
आज गर्दा पनि
यसरी गर्दा पनि
उसरी गर्दा मणी
गर्दा गर्दै कृपा बाट
तटपिए म ।
दान गरे पनि
मान गरे पनि
धाम गरे पनि
कामा गरे पनि
खै किन
दर्शनबाट हटिए म ।
कहिले पारी
कहिले मैदान
कहिले टारी
ढुङ्गाहरुमा
मुर्तिहरुमा
देवताखोज्दै
भट्किए म ।
कहिले महादेब
कहिले काली
कहिले बिष्णु
कहिले लक्ष्मी
कोटिकोटी देवगणको
दैलो धाउदा धाउदै
क्रितन गाउदा गाउदै
अन्योलमा लट्किए म ।
कहिले गंगाहरुमा
कहिले तलाउहरुमा
कहिले कुण्डहरुमा
नुहाउदा नुहाउदै
भाग्यबाट फट्किए म ।
भजन गरी हुन्छ कि
पूजा गरी हुन्छ
बल चढाउदा हुन्छ कि
जल चढाउदा हुन्छ
अनमाउदा अनमाउदै
कर्ममा खट्किए म ।
हिजो गर्दा पनि
आज गर्दा पनि
यसरी गर्दा पनि
उसरी गर्दा मणी
गर्दा गर्दै कृपा बाट
तटपिए म ।
दान गरे पनि
मान गरे पनि
धाम गरे पनि
कामा गरे पनि
खै किन
दर्शनबाट हटिए म ।
No comments:
Post a Comment