Thursday, June 3, 2010

एक हुल गोरु

एक हुल गोरु
चाम्रिएको,

दाम्रिएको
लाम्री परेको
भोको पेट लिएर आए।
अगाडि नहेरी
पछाडि नहेरी
दाँया नहेरी
बाँया नहेरी
सास नफेरी
कसैलाई नटेरी
हरियो घास खाए।
त्यस पछी उक्सिएर
टाठिएर,ठाटिएर
यता उता नजर लाए,
केही छिनमा
अहङ्कारले ,लोभले र इर्शाले
कोही हुकार्न थाले
कोही डाँकार्न थाले
कोही सियोरी खेल्न थाले

कोही पैठेजोरी खेल्न थाले
कोही निमुखलाई ठेल्न थाले
कोही कमजोरलाई पेल्न थाले,
यो देखेर बिचरा गाई र बाछा
डर त्रासले कराउन थाले
बिस्तारै हराउन थाले।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive