संबिधान लेख्दै लेख्दैन
जे परे पर्ला
संबिधानसभा टेक्दै टेक्दैन ।
संबिधान लेख्यो भने
चुनाव हुन्छ
चुनाव भयो भने
जनताको के विश्वाश ?
मलाई जस्त्तै
फेरी अर्कैलाई चुन्छ
नयाँ आउनेले
भ्रष्टाचारको आरोपमा
चन्दा असुलिको आरोपमा
मैलाई नै थुन्छ
बिबित्ती दुर्गती जे हुन्छ
मेरो नै हुन्छ
अरुको के हुन्छ
पद,सत्ता र भात्ता नपाउदा
अरुलाई के थाहा
आफ्नो हालत के हुन्छ
त्यसैले म त
संबिधान लेख्दै लेख्दैन
किनभने
संबिधान बने पछी
आफ्नो भबिश्य देख्दै देख्दैन।
ठर्रा खाइन्थ्यो
व्हिस्किमा बानी परीयो
छाप्रोको बास थियो
सिसमहलमा सरीयो
झ्याउरेमा नाचिन्थ्यो
साल्सा ,डिस्को पो गरियो
क्याबिन छिरियो
मसाज छिरियो
सभासदको धक्कु लाउदै
कतै तिरियो
कतै नतिरी फिरियो
होहल्ल्ला गर्दै
छर छिमेक पनि
पिर्नु पिरियो
अब त
संबिधान लेखे पछी
चुनाव हुन्छ
आफु त अवश्य हारिन्छ
गाउठाउँबाटै चाहरीइन्छ
जेठ १४ गतेसम्म
भागी भागी हिडिएला
बेदेश तिर
डलर मागी मागी हिडिएला
संबिधान त लेख्दै लेख्दैन
संबिधानसभा टेक्दै टेक्दैन ।
न सोचेको बाजी मारियो
चुनाव नलडे पनि आफुलाई
समानुपातिमा पारीयो
दुइचार दाम कमाउनलाई
घ्रर गाडी बनाउनलाई
उधोगपती ब्यापारिको
झोली झारियो
राहदानी बेचेर होस कि
कनुन मिचेरे होस
कसैलाई बाँकी नराखी
डार्नुसम्म डारियो ।
अरुको के कुरा
आफ्नै मतदातालाई समेत
नाङ्गेझार पारीयो
अब त
सोच्दा पनि डरै लाग्छ गाठे
संबिधान बने पछी
चुनाव पक्का हुन्छ
अफुलाई त ठुलो धक्का हुन्छ
म त मरे पनि
मरेहत्य गरे पनि
संबिधान लेख्दै लेख्दैन
संबिधान सभा टेक्दै टेक्दैन ।
भात्ता खाइएकै छ
सत्ता पाइएकै छ
देश बिदेश धाइएकै छ
त्यसैले आफु त अब
भाद्र १४ गते अगावै
उपचारको बहानामा
बिहेको वारीको लहनामा
बिदेश तिर लागिन्छ
मौका मिले, उतै भागीन्छ
कुनै हालतमा
संबिधान त
एक लेख्दैन दुई लेख्दैन
बरु बानेश्वरै टेक्दै टेक्दैन ।
Comments
· · Share · Delete
Baburam Bhattarai wawo mitho marmik jhataro man paryo rachana gud morning hajur subha dinko kamana pani
05 July at 02:43 · · 2 peopleLoading...
Bhim Barma
न सोचेको बाजी मारियो
बल्ल बल्ल आफुलाई
समानुपातिमा पारीयो
...
दुइचार दाम कमाउनलाई
उधोग ब्यापारिको झोली झारियो
राहदानी बेचेर होस कि
कनुन मिचेरे होसSee more
05 July at 03:14 · · 1 personYou like this.
Bhakti Prasad Paudyal गजब झटारो छ । प्रभावकारी छ ।
गाउँबाट चाहरिइन्छ
यहाँ ,
गाउँबाट पाखा पारिन्छ
यस्तो राम्रो होला ।
भाषिक त्रुटि प्रसस्तै छन् ।
05 July at 03:46 · · 1 personLoading...
Adhikari Hari समानुपातिक मात्र हैन चुनाव जितेर आएका हरु पनि फुपुको श्राद , लुट को धन गर्दै छन , किन भन्दा भोलि अँध्यारो देखेर नै हो....आफ्नो परिचय बेचेर खान पल्केका हरु को के कुरा गर्नु , ओली सर सार्है मार्मिक रचना पेश गर्नु भएकोमा हार्दिक धन्यबाद
05 July at 04:25 · · 1 personLoading...
Nirajan Subu Luitel झटारो गजबको छ ,तर सुन्ने कसले /अब त यिनीहरुलाई देखेर लाजले पनि लाज मान्दो हो //
05 July at 04:26 · · 1 personLoading...
Bharat Kumar Bhattarai Sashakta vyangya chha panimaruwaharumathi. Jaya hos tapainko !!
05 July at 04:54 · · 1 personLoading...
James Grg ''नमस्कार सर 'यहाँ को दिन चार्य सुखा, शान्ती, सु-स्वास्थ्य, र दीर्गायु होस, साथै धन सम्पति र ज्ञानको भरी पूर्णा होस,"र'' उन्नति र प्रगतिले सारा संसार चुमोस, कर्माको ज्योति सूर्याको तेज जस्तै आजीवन चम्की रहोस, र प्रतेक योजना हरु सफालै सफल हात परोस, एहि प्राथना गर्दछु'''"जय बजरंगा बली हनुमान"""'''
05 July at 06:14 · · 1 personLoading...
Aakash Gaihre यस्तो पो बल्ल लेख र व्यंग्य !!!!! हुतिहारा सभासद्को परिचय राम्रो लाग्यो !!!!
05 July at 13:59 · · 1 personLoading...
No comments:
Post a Comment