Saturday, June 5, 2010

शान्तिका परेवाहरु

आज बिश्वो शान्ति दिवस
त्येसैले दर्जनौ परेवाहरु
शान्तिको बिकुल फुकेर
आकासमा उडाइदैछन,
तर बेर्थै छ तिमीले
ति परेवाहरु उडाउनु
किनभने
कति कावा खादै गर्दा
गुलेलिले झारिन सक्छन
कति बन्दुकको छर्राले
पानीघाटमा मारिन सक्छन
कति चिल र बाजबाट
शिकारलाई चारिन सक्छन
र बचेका ति बिचराहरु पनि
राति बासस्थानमा
एक एक गरी टाउको निमोठेर
कान्छीको भट्टीमा तारिन सक्छन
र तिमीले उडाएका ति परेवाहरु
शान्तिको धुनीसंगै हारिन सक्छन
कावा खादै गर्दा आकासमा
गुलेली झारिन सक्छन।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive