Friday, July 23, 2010

मेरो देशलाई

सहको मती फुस्किए पछी
बहुको मती खुस्किए पछी
मेरो देसलाई
टिल्ल ट्वाट तानेर
इजार हराएको
सुरुवाल सिमल्दै बानेस्वरमा भेटे।
मिलापले बिलाप
सहकार्यले लाप्पा
बिमतिको ढ्याप्पा गर्दै
तछाड र मछाडमा
कसैले नछाडमा
मेरो देशलाई
छरिएको कछाडमा
अडकिएर सिहदार हल्लिएको देखे।
शान्ती सुस्ताए पछी
घाम अस्ताए पछी
खुशी बिस्ताए
पछीमेरो देसलाई
धरहरा जस्तै
वाल्लिएर
टवाल्लिएर
त्वाल्लिएर
रत्नपार्क बरालिँदै देखे।
मेलमिलापको मेलोमा
हलो अटकाउदै
शान्तिको खेलोमा
बारुद पटकाउदै
अज्ञात नाममा
मान्छेलाई लटकाउदै
मेरो देशलाई
कहिले मेची कहिले काली हरालिदै देखे।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive