Tuesday, August 3, 2010

गीत

एक नजर उनको हेराइले
आरिले झै मनै काटिने
मुस्कानको किरण छराइले
श्वास लिदा मायै साटिने
हेराइमा उनको नसा
पिउनु पिइयो
नदेख्दा मनको दसा
जिउनु जिइयो ।
हास खेलमा उनको बोलिले
मोहनी लगाउने
जता हिड्यो उतै उनले
मनै भगाउने
बुनेर कल्पना
सिउनु सिइयो
देखेर सपना
जिउनु जिइयो।
हिडदा उनको बाडुले त्यो
कम्मर लच्किदा
दुनियाँलाई भुलाई दिने
गफमा मच्चिदा
नजरमा उनको नसा
पिउनु पिइयो
बिगारेर मनको दसा
जिउनु जिइयो।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive