Saturday, July 10, 2010

रङ्ग

जब जवानीमा रङ्ग पर्छ
तरुन,तपसी,सबले हेर्छ
फुलले हजारौ भमरा खेर्छ
जब जवानीको रङ्ग झर्छ
न भमराले हेर्छ
न कसैले टेर्छ।

जब धनको रङ्ग चढछ
जो कोही घोडा चढछ
जो पनि गोडा पर्छ
धनको रङ्ग घटे पछी
न घोडाले हेर्छ
न छोराले टेर्छ।

जब राजनीतिको रङ्ग बढ्छ
साथमा सत्ता
हातमा पत्ता पर्छ
सबको सब डर्छ
कार्यकर्ता छेउ सर्छ
तर रङ्ग उडे पछी
कार्यकर्ता पार्टी फेर्छ
न कसैले टेर्छ।

जब शक्तिको रङग चढछ
भक्तहरु भक्तिले मर्छ
दुनियाँ सब डर्छ
स्वोर्ग यही झर्छ
तर शक्ती ढले पछी
भक्तले खोला तर्छ
देखे पनि नदेखे झै गर्छ

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive