Saturday, June 12, 2010

ढोकिदैन काली अब

ढोक्नसम्म ढोकियो
दुई हात जोरेर
लम्पसार परेर
भ्यकुतेआसन बसेर
भुइमा हात धसेर
रातो भाले चढाएर
कालो बोका लडाएर
खै केही आएन देशलाई
ढोकिदैन काली अब।
ठोक्नु सम्म ठोकियो
लह लहैमा लागेर
घरबाट नै भागेर
टुडीखेलमा बसेर
घाममा पलेटी हालेर
बाटोमा टायर बालेर
राजदर्बार हेरेर
सिंहदर्बार घेरेर
पर्खाल माथि चढेर
रुखबाट पनि लडेर
कन्टेनर माथि चढेर
खै केही ल्याइएन देसलाई
ठोकिदैन ताली अब।
रोक्नसम्म रोकियो
गाडी घोडा रोकेर
घर अध्यारोले छोपेर
स्कुलमा ताल्चा ठोकेर
उधोग धन्दा रोकेर
खाने माया मारेर
देसै ठप्प पारेर
खै केही आएन देसलाई
रोकिदैन यस् पाली अब।
बोक्नसम्म बोकियो
पुलिसले बाटोमा छेक्दा
अनेक दाउ चालेर
झोलाको किताब फालेर
इटा ढुङ्गा हालेर
खै केही पाईएन देसलाई
बोकिदैन गुलेली हाली अब।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive