नदी
दिन रात सधैं निरन्तर बगिरहन्छ। न कुनै थकावट छ। न कुनै रोकावट छ। सुगन्द फाले पनि दुर्गन्द हाले पनि बिपक्ष दलको जस्तो न कुनै आपत्ति छ। न कुनै असतुष्ट सभासद्को जस्तो नियापत्तीछ। जे फाले पनि यसलाई शहर्ष सुकारेर लैजान्छ। यसमा पनि सजिबको जस्तो गती र शक्ती छ। तर मान्छे प्रती कुनै गुनासोछैन।
ब्रिक्ष
यो पनि बकुल्ला भक्तमा एक खुट्टाले उभिरहन्छ। बकुल्ला केही पाउनलाई भक्ती गर्छ। तर ब्रिक्षले केही लिनालाई भन्दा पनि ,दिनलाई उभिराखेकोहुन्छ।यस्ले चराचुरुङ्गी,किट्पतङ ,जिबजन्तु देखी मान्छे समेत,सबैलाई गासबास ,छहारी,काठपात दिन खुल्ला रुपमा निम्तो गरिराखेको हुन्छ। जसले जती भोगे पनि ,जस्ले जती लगे पनि यस्को कतै उजुरी हुँदैन।
पहाड
हिउ झरे पनि।पानी परे पनि। घाम लागे पनि।जून जागे पनि। दिन ढले पनि। हुरी चले। आगोमा जले पनि, एउटा चिर ध्यान बसेको ऋशी जस्तो चुपचाप बसी राखेकोछ। यसमा कुनै पिडा, हतास, क्रोधछैन। हामीले यसको छातीमा बम पड्काएर तालु ताच्दै ,शिर फोर्दै चिप्लेन बाटो बनाउदा पनि। गाडी घोडा कुदाउदा पनि धैर्यता र शहनशिलता देखाउदै ध्यान मग्नछ।मनुश्यका लागी एउटा जदुकर बाबाले जस्तै अमुल्य धातुहरु आफ्नो कोखाहरुमा लुकाउदै बेलाबेला दिने गरेकोछ।
मान्छे
सृस्टिको उत्कृष्ट प्राणी मान्छे।हरेक कुरो सिक्नेमा निपुन मान्छे। यस सृस्टिका सबै प्राणिका गुरु प्रक्रिती(जस्तै पहाड, नदी ,बोटब्रिक्ष)। यसले हामीलाई हरेक पल हरेक कुरो सिकाइ राखेकोहुन्छ। ब्रिक्ष सहयोग,नदीले अटुट परिश्रम,पहाडले धैर्यता र शहणशिलता सिकाइ राखेको भए पनि हामीले लेखनाथ पोउड्याल लेखेको जस्तो मै खाउ मै लाउ मै बाचू, अरु सबै मरी जऊन प्रब्रीती देखाइराखेकाछौ। हामीमा धैर्यता, शहनशिलता र उदारता पनि पाउन मुस्किलछ। ढाट्ने, छल्ने , ठग्ने ,लुट्ने ,चुट्ने र कुट्ने प्रब्रिती बढ्दै गएकोकोछ। हाम्रो प्रकृतिलाई हामीले बुज्यौ भने अबश्य सुख शान्ती र चैन आउन सक्छ भन्ने कुरोलाई मनन गर्दै आज आफ्न बेग्लै भावनाह्जरु यहाँहरुलाई बाट्ने जमर्को गरे। धन्यवाद।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2011
(48)
-
▼
July
(24)
- मनै मर्यो
- नयाँ ढाचा
- धुवा
- प्रक्रिती र प्रब्रिती
- गजल
- सभासद् हुदा म (व्यंग्य )
- सभासद्का कुरा
- सम्झना आमाको (अनुभुती)
- मारी नदि घुम्दा (यात्रा)
- एडलाइड घुम्दा (हाल अस्ट्रेलियाको एडलाइड शहर घुम्दा...
- छोटो कबिता
- यहाँ अब
- घुसको खेला((छोटो झटारो)
- टाक्कन टुक्कन
- च्वास्स चुस्स
- samya
- धोस्त
- ठर्रा गफ
- एउटा गोरु चाहियो।
- कसरी नाम आयो ।
- बयान
- सभासदको हुकार
- जसरी हुन्छ (ब्यङ्ग्य )
- कानुन
-
▼
July
(24)
No comments:
Post a Comment