1 नेताको भाषन
जनतालाई आश्वासन
आकाशको फल
आँखा तरी ढल।
2 नेपालका पार्टी
बिरालोका पाठी
यता उता साटी
खाएकाछन ढाटी।
3 यो देशको संबिधान
सभासदको हानाहान
धोती टोपी तानातान
इजत्त नै जाने बेला भो
लौ लगुटी बान ।
4 नेपालीको धन्दा
चन्दाको फन्दा
बन्दैछ झन गन्दा
ज्यानै जाने डर भो
दिदैन म भन्दा।
5 नेपाली धारो
गह्नाउने ठाँरो
कान्छीको भट्टिमा
ठाडो घाटी सलल।
6 हिमाली नदी
हुँदा नि बढी
लोडसेडिङ्ग चढी
मैन बत्ती झलल।
7महङ्गिको पासो
जनतालाई नासो
सरकारी चासो
मन्त्रीको हासो
क्या मिठो गलल।
No comments:
Post a Comment