Tuesday, July 5, 2011

बयान

पहिले समात्यो
त्यस पछी अट्ठ्यायो 
फेरी तान्यो
अनी ....।

अनी के भयो ?
वकिलले स्पष्टिकरण सोध्यो।
अनी...
अनी....
लुगाहरु च्यात्यो
म कराए
मुख नै थुन्यो
 म डराए
श्वास नै थुन्दा
म लरखराए ।

अरु के भयो ?
वकिलले खुलस्तता खोज्यो।

अनी
मलाई नङ्गायो
अनी दङ्गायो
जताभावी गर्‍यो
गर्नु नगर्नु गर्‍यो हजुर
जिउदै मर्नु पर्‍यो हजुर।

अनी कसरी गर्‍यो ?
न्यायधिसले तरिका नै रोजे । 

त्यो त..
त्यो त
कसरी बताउ हजुर 
तर
उसले च्यातेका लुगाहरु
उसले नङ्ग्राएका दागहरु
प्रमाणछन हजुर।

दाखहरु देखाउनुस त?
वकिलले प्रमाण खोजे।

तपाईंको न्याय पुग्यो हजुर
बल्ल बुद्दी सुझ्यो हज्रुर
के त कुरा ढाट्नु पर्थ्यो
के त उसलाई काट्नु पर्थ्यो ।

बिचरी नारी
एक छिन अश्रुधारा रोइन
एक छिन स्तब्ध भईन
बिना न्याय फर्केर गइन।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive