Saturday, June 30, 2012

अरु के पो यहाँ पाईन्छ ।

बेरोजगारी म
बिहान
झुन्डिएका पत्रीकामा झुन्डिदै
वान्टेडमा नजर लाइन्छ
दिनभर
रोजगारिको निम्ती धाइन्छ
धाउदा धाउदै
लखन्तरे शरीर बोकी
चाउरिदै कोठामा आइन्छ
सबैले अनुभवको कुरा सोध्छन
बेरोजगारको यत्रो अनुभव हुँदाहुँदै
जागिर दिने बजियाहरु
यो भन्दा अरु कती चाहिन्छ
सबलाई थाहै छ
यो देशमा बेरोजगार भन्दा
अरु के पो यहाँ पाईन्छ ।

हुन त बेरिजगारी भए पनि
फुर्सद त कहाँ छ र ?
कहिले भाषन सुन्न
टुडिखेल गइन्छ
कहिले बाटो थुन्न
आन्दोलनकारी भईन्छ
कहिले चटक हेर्न
रत्नपार्क गइन्छ
यो भन्दा हामीलाई
अरु के पो चाहिन्छ
यो देशमा बेरोजगार भन्दा
अरु के पो  पाईन्छ ।

तरुणी पट्याइयो भने
खल्तिमा सुको छैन
त्यसैले
मठ मन्दिर तिर गइन्छ
बीस रुपैयाको कुरकुरे
बीस रुपैयाको पानी
टन्न हुने गरी खाइन्छ
त्यो भन्दा झन टन्न त
माया प्रीती लाइन्छ
यो भन्दा हामीलाई
अरु के पो चाहिन्छ
देशमा बेरोजगार भन्दा
अरु के पो  पाईन्छ ।

प्रेमिका भए पनि
लोग्ने बिदिसिएको महिला सित
यसो नजर जुधाइन्छ
कुरो मिल्यो भने
उसैको पैसोले
मोटर बाइक कुदाइन्छ
उनीसङ्गै
मम सेकुवा बियर पनि खाइन्छ
उनैले चाहे जस्तो
टुन्न माया प्रिती नि लाइन्छ
उनकै पैसोले
प्रेमिकालाई गिफ्ट नि थमाइन्छ
यो भन्दा हामीलाई
अरु के पो चाहिन्छ
देशमा बेरोजगार भन्दा
अरु के पो  पाईन्छ ।

यो पनि सकिएन भने
बिरोजगारीको ग्याङ बनाउन कसीइन्छ
मुल सडकको पेटिमा बसीइन्छ
चिपिक्क प्यान्ट,
हाफ प्यान्ट लाउनेलाई
आँखैले भरपुर डसीइन्छ
ठुलो ठुलो गफ लाइन्छ
गफै गफमा सब खाइन्छ
गफै गफमा रमाइन्छ
यो भन्दा हामीलाई
अरु के पो चाहिन्छ
देशमा बेरोजगार भन्दा
अरु के पो  पाईन्छ । 
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers