देशमा गणतन्त्रको आरम्भ भए पनि नया नेपालको प्रारम्भ हुन बाकी नै छ।यसको लागि यो कुरा साचो छ कि नया सोच ,नया जोश , नया होश भयका युबा जगतको खाचो छ।
यी मक्किएका ,रोग्गीएका,भोग्गीएका ,सोग्गीएका,सक्किएका लुते,झुते, भुते,टवाट खाइ ओछ्याँनमा मुते नेताहरुबाट कुनै लछारो पछारो लाग्ने छैन।यी ओइलिएका,खोइलिएका ,पोइल गएका नेतालाइ कठारो समाई झटारोले हान्नुपर्छ।मनका पापी ,धनका काफी,तनका सराबीबाट भावी जगतले फगतमा दुख पाउने अवस्था छ।काम नभएको भाते , पैसा नभएको खातेलाई सरकारी भकारी, खान्छ डकारी ,भने झैँ ,टाई कोट लगाएर पेटिकोट बाबाको भक्त बनि धनको पछि लागेका यी झोले,खोले,डोले,मकै पोले नेतालाइ घोइतेरो हानी पाकेको आम झैँ झार्नुपर्छ।
नया नेपाल बनाउन नेता ,अभिनेता ,समाजसेवी ,देबी,बिद्यार्थी,परिक्ष्यार्थी,कर्मचारी ,ब्रह्मचारी,धर्मचारी सबै युबाहरु एक जुट हुनुपर्छ।सगरमाथा मात्र हैन माहाकविले भने झैँ चन्द्र छुनु पर्छ।जय काउकुती
No comments:
Post a Comment