by Prem Oli on Saturday, 05 March 2011 at 10:40
आज शनिबार ह्यूसङ्ग साउथ अस्ट्रेलियाको सभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दैथिए।एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो। ठीक अग्रेजी समयमा नै साथी आए पछी हामी कारमा घुम्न निस्कियौ।ह्यू रमाइलो साथी रहेछ।पहिले बिद्युतिय पत्रचार मात्र भएकाले भेटदा झन रमाइलो लागेको थियो।उसको छोरी मेरो स्कुल गैसकेकाले पनि उ नेपाल प्रती जान्न चाहन्थ्यो। बाटो भरी नेपालको र मैले घुमेका ठाउहरु बारेमा गफिदै प्रतिघन्टा १०० किमी हुइकिदै थियौ।
एउटा डाडामा पुगे पछी ह्यूले गाडी रोक्दै भन्यो।" म तिमीलाई हामी जाने ठाउँ देखाउछु।"उसले औंलाले सन्केत गर्दै भन्यो।"ऊ.....त्यो पारी ठाउँ हो। अब हामी अघी बढे पछी साना साना रुखहरु आउछन। यो ठाउँ अस्ट्रेलियाको सभान्दा सुख्खा र कमसल उर्भरा भुमी हो।"
निकै किलोमिटर पार गर्दा पनि न गाउ भेटियो न पानी मुहान भेटियो।लाग्यो अस्ट्रेलियाका मान्छे भेट्न शहर नै जानु पर्ने जस्तो । ठुला ठुला सुनसान मैदान मात्रा भेटिने।केही कुदाइ पछी,बाटोमा भेडा पालन देखे पछी ह्यूलाई सोधे।"यि भेडाको लागि पानी कहाबाट ल्याउछन ह्यू ?" उस्ले पानीको ट्याङ्की देखाउदै भन्यो। "यहा अन्य ठाउँ भन्दा काम बर्षा भए पनि किसानले आकाशको पानी उू....त्यो ट्याङ्किमा जम्मा गर्छन् बर्ष भरिलाई।त्यसैबाट आफु पनि पिउछन।" कती उत्तम उपाए।मैले उसलाई भने।
केही घण्टा यात्रा पछी गन्तब्यमा पुगीयो । मारी नदिको किनार चिटिक्क सजिएको सानो बजार रमनिय नै रहेछ। नारायणी जत्रो नदिमा फेरिमा घुम्न आउने मनिस निकै नै थिए। कोही बोट ईन्जिनमा रमाउदै थिए। कोही पिकनिक मनाउदै थिए। एक हुल युबाहरु जाडमा रमाउदै वीकइन्ड मनाउन फेरिमा हिंडेका पनि भेटिए।नेपालका नदिमा यस्ता जल बिहार बनाउन सके रोजगार पनि बढाउन सकिने र छुट्टी मनाउनेहरुले भर्पुर आनन्द पनि लिने पाउने।कती राम्रो हुन्थ्यो होला।
ह्यूले मारी नदीबाट पानी ८० किलोमिटर उभो ठाउँ ठाउमा पम्पले तानेर एडलाइड शहर लगेको देखाउदा,हाम्रो मेलम्चिलाई दुङ्ग्रोमा खसालेर उधो ल्याउन आजसम्म नसक्दा कुरा गर्न पनि लाज लाग्यो। उसले तिम्रो सिटिमा पानीको कस्तो ब्यबस्ता छ भनेर सोध्दा' के भनु भनु जस्तो भयो। ढाट्दा पनि उसकी छोरीले पोल खोलिदिने ,न ढाट्दा पनि , सिकर्मिको घरको ढोका छैन भने जस्तो हुने।कुरो गरी कुरोकै दु:ख।मनमा लागिराखेको थियो"पाजी नेताहरु थुक्क!"

- Bhakti Prasad Paudyal मनमोहक नियात्रा बन्दै छ । मलाई लाग्छ , म भाग्यमानी पाठक हुँ । गल्ती चैँ अचाक्ली नै छन् है प्रेम जी !05 March at 10:56 · · 2 peopleLoading...
- Prem Oli rachaer feri publsih gareko chhu.commentko lagi thank you.05 March at 10:58 · · 1 personLoading...
- Aakash Gaihre मलाई त आँफै गएर घुमे झैं लाग्यो .....
धेरै--धेरै धन्यवाद हजुर लाई आफ्नो अनुभव बाँड्नु भएको मा ,,,05 March at 13:44 · - Rekha Kumar Karki lau sir aru pani dherai padhana paune aasaama05 March at 14:24 · · 1 personLoading...
- Bhim Barma Nice place, nice people and a beautiful experience, hope you are enjoying these all.06 March at 04:23 · · 2 peopleLoading...
No comments:
Post a Comment