Thursday, August 23, 2012

आमाको अवहान

मिठो खाने
राम्रो लाउने
सपना उनेर
राजधानी पसेको
मेरो अल्लारे छोरो
सुन्छु  आजभोलि
जाडरक्सी सङ्गै
गाजा अफिम धुत्छ
सडकमै बस्छ
सडकमै सुत्छ
मनाही लेखेको ठाउमा
लाजै नमानी मुत्छ
बिन्ति छ
पठाइ दिनु है
रात्री बसमा हालेर
छोराको चिन्ताले  यहाँ
आमाको मन धेरै  दुख्छ ।

पढन लेख्न भनी
सपना बुनेर
शहर  बसेको
मेरो छोरो
सुनिन्छ आजकाल
पढन लेख्न पनि छाडेर
नेताको लहलहैमा लागेर
पार्टिको झन्डा बोक्दै
इटा ढुङ्गा ठोक्दै
कहिले चक्का जाम गर्दै
कहिले नेपाल बन्द गर्दै
पुलिससङ्ग जुध्छ
लाठी चार्ज  हुँदा
गल्ली गल्ली कुद्छ
गरे पछी एक छाक
घरमै खान लाउन पुग्छ
बिन्ति छ
पठाइ दिनु है
दिवा बसमा हालेर
चिन्ताले  ननिदाइ मन
रात रातभर रुग्छ ।

नायक बन्ने
सपना पालेर
शहर छिरेको छोरो
सुन्छु हिजोआज
खलनायक भएर
मान्छेका पैसा थुत्छ
सधैं पुलिस थाना पुग्छ
रात भर कुकुर  झै भुक्छ
दिन भर उल्लु झै लुक्छ
बिन्ति छ
पठाइ दिनु है
माईक्रो बसमा हालेर
आमाको तन यहाँ
चिल्ताले झन सुक्छ ।

जागिर खाने
सपना हालेर
शहर छिरेको
मेरो छोरो
नालायक भएर
चोरिको बाइक चढी
महिलाको गहना लुट्छ
सुन्छु
मान्छे अपहरण गर्ने
उसको पनि एउटा गुट छ
भन्छन मान्छेलाई लुट्न
दिन दिहाडै ढुक्छ
सुनिन्छ  हरेको दिन
रेडियो पनि
उसकै बदनाम फुक्छ
सुन्दा  आमाको  शिर
लाज शरमले  झुक्छ
बिन्ति छ
फर्काइ  दीऊ है
मेरो छोरालाई
रात्री बसमा हालेर
अझै उसलाई पाल्ने
मेरो सामर्थ खुद छ
आज भोली  चिन्ताले झन
मुटु  पनि   दुख्छ ।
 
 


Like · · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers