नगद लग्यो
दिदै दिएन
उधारो नदीदा
लिदै लिएन ।
घर बहाल दियो
भाडै दिएन
दिइ हाल्यो भने
चाडै दिएन ।
ब्याजमा भनी लग्यो
सावा नै दिएन
पङ्खा उठाइ ल्यायो
हावा नै दिएन ।
खासाको मालमा
खास केही भएन
आज कि भोली
आस केही रहेन।
गुरुले पढाउदा
चास केही भएन
पारीक्षाफल आउँदा
पास कोही भएन ।
महङ्गी च्याप्दा
ऐया कोही गरेन
सरकारलाई अड्चन
झेल्नु नि परेन ।
कमाइ छ दश
खर्च छ बीस
भ्रश्टचार गर्दा
अरुलाई के को रिस ।
No comments:
Post a Comment