Thursday, March 3, 2011

पुरै भात्किए म (अनुभुती)

मलाई अस्ट्रीलियाबाट मेरो साथी डेभिड्ले दश हप्ताको लागि आफ्नो रोटरी क्लबबाट बिधालय ब्यबस्थापनको तालिमको निम्तो पठाउदा कम्ती खुशी लगेको थिएन। मैले बिमान स्थल स्वागत गर्न आएको साथी डेभिड खुशी धेरै धेरै धन्यबाद दिए।अझ पहिलो पटक लामो बिमान यात्रा गर्दा,साउथ अस्ट्रेलियाको बिभिन्न सपन्न बिधालय भेट्दा,सुन्दर मनमहोक समुन्द्रको द्रिश्य हेर्न पाउदा मन कम्ती आनन्दित थिएन। दुई हप्ताको समय गएको पत्तो नै भएन। तर मन मनै हो। यसले बिस्तारइ परिवार खोज्न थाल्यो। घर ,गाउ ठाउँ र देश खोज्न थाल्यो।यहाको बिकास,सुबिधा कती त कम्पना गरेको भन्दा बाहिरका छन।जस्तो देश भए आफ्नै देश प्यारो मनले भोग्दै थियो।
एक दिन डभिडलाई मेरो बसाइ छोटट्याउन सकिन्छ छ् सकिन्न सल्लाह लिन खोज्दा उस्लाई दुखित पाए। उस्ले दु:ख पोख्दै भन्यो।"हेर प्रेम ,तिम्रो भिसाको लागि मलाई कत्रो मेहनत गर्नु पर्‍यो। तिम्रो देशबाट यहाँ आउन कती गर्हो छ।तिमीले केही कुरो सिकौला भनी मलाई कत्रो खुशी छ।' उस्को कुरो पनि ठीक थियो। तर मेरो पिडा पनि कम थिएन। मैले आफुलाई निकै समालेको थिए। निकै सम्झाएको थिए।घरबाट फोन आउँदा मन अलिक आनन्दित हुन्थ्यो। कहिले काही म आफुलाई प्रश्न गर्थे। बिदेशमा बस्ने थुप्रै नेपाली दाजु भाई तथा दिदी बहिनिहरु छन। के उनिहरुलाई परिवार,गाउ ठाउँ रदेशको मायाले सताएको छैन होला ?तर अरुको कुरो कस्लाई थाहा ?आफ्नो कुरो अरुलाई के थाहा ?" मनलाई अनेक तर्क बितर्कले अल्झाइ राख्थे।


एक दिन मेरो साथी डेविड भन्यो "।खुशी समाचार प्रेम ! नौ जना तिम्रो रोटरी साथीहरु यहाँ आउँदै छन भोली नेपालबाट।" मेरो लागि यो कम खुशी कुरो थिएन। भोलीको दिन बिमान स्थलमा सबैलाई भेट्दा घरमा पुगेको महसुस भयो। लक्ष्य दाई र भोज सरले अगालो मार्दा निकै न्यानो माया पएको महसुस भयो। ईन्द्र सर र गायत्री भाउज्यु सँगै बस्ने भए पछी घरकै बसाइ जस्तो अनुभब भयो।काली सर,चन्द्र सर, बोनोद सरसँगको दुइचार दिनको घुमाइले साच्चै घर बिर्सेंको थिए।




जब साथीहरु बिदा हुने समय आयो। मेरो मन आत्तिदै थियो। कसरी बिदाइ गर्ने ,पिडा सुत्केरिको ब्यथा जस्तो बढ्दै थियो।समयसङ्गै मन झन चस्कदै थियो। मैले मनलाई सम्झाउदै थिए।"अब छोरो नै बिदेश जाने समय आउँदै छ।ऊ त झन कती बर्ष बस्नु पर्ला। उसलाई आफ्नो अनुभब सुनाएर सम्झाउनु पर्ला।" मनमा यस्तो भावना खेलाएर दरो बनाउदै थिए।

साथीहरु जाने समय पनि आयो।एक मनले त बिमान स्थल नजाने सोच बनाउदै थिए।फेरी अर्को मनले मानेन पनि। दरो छाती बनएर साथीहरुसँग गफिदै गइयो। लक्ष्य दाई पहिले नै पुगिसकेका रहेछन। उनले मलाई सम्झाउदै थिए "राम्रो कुरो सिकेर आउन।" मन बलियो बन्दै थियो। तर जब उनले मलाई बसे है प्रेम भनेर अगालो मारेर हिंड्न थाले। मैले आफुलाई भारी अनुभव गर्न थाले । जब इन्द्र सर र गायत्री भाउजुलाई बाइ भन्दै अगाडि बडे मलाई समालिन गार्हो हुँदै थियो। म उनिहरुको बिदाइको फोटो खिज्दै थिए। लक्ष्य दाईले तन्केर हात मिलाउदा मैले आफुलाई निकै बिरानो र एक्लो महसुस गरे। बाधेको मन बर्षा बढीले पुल भात्काए जस्तै यो मन भात्कियो। आँखाबाट तरर आसु बग्दा मेरो साथी डेभिड्ले पनि देखेकोछ।उस्ले मलाई धेरै राम्रो कुराहरुको बारेमा सम्झौदै थियो। मैले उस्लाई भने।"त्यो कुरो मलाई सब थाहा डेभिड। मलाई केही हुँदैन। म ठीक छु। तर आज मैले आफुलाई समाल्न सकेन। यस्तो हुन्छ पनि। उसले पनि भन्यो।"हो हुन्छ प्रेम। यस्तो हुन्छ। कहिले कही आफुलाई समाल्न गार्हो हुन्छ।"त्यस पछी म छुपचाप उस्को गाडीमा बसेर उस्को घर तिर लागे। आँखामा समालिएको भए पनि ,मनको तरङ चलि नै राखेको थियो। "



.

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers