Wednesday, August 11, 2010

सिंहदररबारका घोडाहरु

सिंहदररबारका घोडाहरु
घोडा भनी पालिए पनि
गधा पो रहेछन
सिंहदरबारको घास खुवाइए
टुडिखेलको घास खुवाइए
तर जती खुवाए पनि
जती धुवाए पनि
तराइको चना खुवाए पनि
हिमालको छुर्पी खुवाए पनि
गधा गधा नै रहेछन
सरकारी दानामा
सरकारी खानामा
लुरे घोडाहरु
खुरे घोडाहरु
न चालमा प्रगतीछ
न तालमा प्रगतीछ
भारी बोक्न छाडी
कोही तबेलामा मस्तछन
कोही घोडिको पछी ब्यस्तछन
यस पाली त
गधा पनि कती धेरै
सिहदरबारमा नअटाउदा
नयाँ गोठमा सार्नु पर्‍यो
नयाँ बजेट झार्नु पर्‍यो
नयाँ गोठालाहरु पार्नु
अब यि गधाहरुलाई
सिंहदरबारमा होइन
गाउतिर खेदनु पर्छ
पहाडतिर खेदनुपर्छ
नूनको भारी
कोदाको भारी बोकाउनुपर्छ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive