Monday, December 6, 2010

देशको क्यान्सर

हिन्सा र युद्दले फेरी छेद्ला देश
शान्ती र प्रेमले मन साध्ने हो की
जुलुस र नाराले फेरी भेदला देश
सहमतीको धागोले देश बाध्ने हो की ।

झुठो आश्वासन मौलायो धेरै यहाँ
अब धेर्यताको बाध टुट्ने हो कि
तीन तिक्कड भए माहा बिक्कड
फेरी आँफै जनता उठ्ने हो कि ।


जनताको शक्तीलाई यिनले भुल्न थाले
मुल कुरो थाती राखी बिदेश डुल्न थाले
कमाउने र रमाउनेमा सबै झुल्न थाले
जुका झै रगत चुसी टन्न फुल्न थाले ।

नेताहारु धनी भए जनता भए जोगी
नयाँ नेपाल भनेको यस्तै यस्तै हो कि
कहिलेसम्म बस्ने क्यान्सरलाई बोकी
अब निर्मुल पार्नु पर्छ गोर्खे लौरी ठोकी ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers