रातारात नै हिडियो
घरमै मित लुके पछी
पाहुनलाई नै लेखेट्नु हो त्यो
मात्र कुकुर भुके पछी
पिउनु न पिउनु सबै पिइयो
हिड्दा मुख सुके पछी
दोस्रो पहरको भाले बास्यो
घरमा ठीक्क पुगे पछी
तेलले मालिस गर्नु पर्यो
शरीर सारा दुखे पछी
पाउनु सास्ती पाइएछ
ठाउँ कुठाउ रुके पछी
खानु सम्म खाए थिए
जसरी भोको गोरु फुके पछी
लाख बिन्ती गरे मितले
घरमा आइ धुके पछी
चाट्ने पनि कसरी सक्ने
आँफैले त्यो थुके पछी
माफिको मोबाइलमा खबर लेखे
एकपल्ट चुके पछी
मनै मर्यो तनै मर्यो
त्यो धोकले ठुगे पछी ।
घरमै मित लुके पछी
पाहुनलाई नै लेखेट्नु हो त्यो
मात्र कुकुर भुके पछी
पिउनु न पिउनु सबै पिइयो
हिड्दा मुख सुके पछी
दोस्रो पहरको भाले बास्यो
घरमा ठीक्क पुगे पछी
तेलले मालिस गर्नु पर्यो
शरीर सारा दुखे पछी
पाउनु सास्ती पाइएछ
ठाउँ कुठाउ रुके पछी
खानु सम्म खाए थिए
जसरी भोको गोरु फुके पछी
लाख बिन्ती गरे मितले
घरमा आइ धुके पछी
चाट्ने पनि कसरी सक्ने
आँफैले त्यो थुके पछी
माफिको मोबाइलमा खबर लेखे
एकपल्ट चुके पछी
मनै मर्यो तनै मर्यो
त्यो धोकले ठुगे पछी ।
No comments:
Post a Comment