Monday, July 12, 2010

कुरो जमानाको

जेठी
लामो लामो कपालमा
रातो कालो रङ लाउछे
फुर्के चुल्ठोमा
कहिले काही माइत आउछे
साडी छोडि कुर्ताहरु लाउछे
नेपाली भन्दा

हिन्दी धेरै गाउछे
कुरो जमानाको
छोरी कल्पनाको।

माइली
कालो कपालमा
रातो हरियो लाउछे
कुर्ता छोडि

प्यान्टहरु लाउछे
हिन्दी भन्दा
अङग्रेजी धेरै गाउछे
साइबर क्याफे धाउछे
ईमेल च्याट गर्न भ्याउछे
कुरो जमानाको
छोरी भावनाको।

साइली
त्यो बुच्चे कपाललाई
रङ्गी बिरङ्गी बनाउछे
प्यान्ट छोडि
हल्फ्प्यान्ट र

मिनी स्कर्टहरु लाउछे
अङग्रेजी पपहरु गाउछे
हातमा सधैं मोबाइल समाउछे
कहिले काही घरैमा
बोय फ्रेन्ड नि ल्याउछे
कुरो जमानाको
छोरी तमन्नाको।


कान्छी
कहिले फाटेको
कहिले काटेको
कहिली टालेको
टालो हालेको
फेरी फेरी लुगा लाउछे
कानमा तर्ल्याङ्ग तुर्लुङ्ग
घाटिमा झर्ल्याङ्ग झुर्लुङ्ग
खै के के लाउछे
बुझनै गार्हो हुने
रयाप र झ्याप गाउछे
कहिले आउछे
कहिले हराउछे
कहिले मध्यपान गरेर
मध्यरात आउछे
बोय फ्रेन्ड पनि
एउटा छोडि अर्को समाउछे
कुरो जमनाको
छोरी लफन्नाको।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive