Friday, July 16, 2010

मेरो नेपाल जस्तो।

सपनामा
हिडदै जादा
पानी पानी देखियो
न धारो न कुलो
न धुवा न चुलो
बासी भातको
डल्लोमा रमाएका नानीहरु
स्कूल छोडि छोडि
हसिया समाएका नानीहरु
कस्तो कस्तो
ठ्याक्कैमेरो नेपाल जस्तो।
चड्दै जादा
महङ्गीको शिखर
भोकमरीको पहाड
रोगब्यादको चुचुरो
कती अकालमा
कालको मुखमा परीरहे
कती बस्ती छोडि
अन्यत्र सरीरहेका
कस्तो कस्तो
ठ्याक्कै!
मेरो नेपाल जस्तो।
बड्दै जादा
डुबानको फाट
मक्किएको टाट
भाचीएको खाट
धुम्लिएको घाट
न दाना न खाना
कोही रोग्गिएको
कोही भोक्किएको
कस्तो कस्तो
ठ्याक्कै
मेरो नेपाल जस्तो।
उडदै जादा
युबाहरु
कोही अमेरिका
कोही क्यानडा
कोही कतार
सबै हत्तार
उड्दै गरेको देखिए
कोही रोक्किए
कोही छेक्किए
कोही थुनिए
कोही मृत सुनिए
कस्तो कस्तो
ठ्याकै
मेरो नेपाल जस्तो।
पढदै जादा
अध्यारो शहर
आतन्कित गाउँ
हल्लाको बस्ती
सङ्कोचित ठाउँ
कस्तो कस्तो
ठ्याक्कै मेरो नेपाल जस्तो।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive